बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ? « Khabarhub

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ चलाएको छ । 

‘मनको कुरा गरौं’ भन्ने नारासहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यहि मंसिर २४ गते सुरु गरेको  यो अभियान फागुन ३० गतेसम्म देशभर चल्नेछ । अभियानअन्तर्गत हरेक महिनामा मानसिक स्वास्थ्यसँग सम्बन्धित निश्चित विषयवस्तु तय गरी त्यसअनुसारका सचेतनामूलक कार्यक्रम, संवाद र गतिविधिहरू सञ्चालन भइरहेका छन् । 

अभियानको एक प्रमुख एजेन्डाका रूपमा बालबालिका र किशोर–किशोरीमाथि हुने बुलिङ लाई प्राथमिकतामा राखिएको छ । 

बुलिङ के हो ? 

बुलिङ भनेको कुनै व्यक्ति वा समूहले अर्को व्यक्ति (प्रायः बालबालिका वा किशोर–किशोरी) लाई बारम्बार डर देखाउने, हेप्ने, गाली गर्ने, जिस्क्याउने, शारीरिक वा मानसिक रूपमा दुःख दिने व्यवहार हो । यो विद्यालय, घर, समुदाय वा अनलाइन (सायबर बुलिङ) जुनसुकै ठाउँमा हुन सक्छ।

बुलिङका मुख्य प्रकार

शारीरिक बुलिङ : कुटपिट, धकेल्ने, सामान खोस्ने

मौखिक बुलिङ : गाली, उपहास, धम्की

सामाजिक बुलिङ : साथीबाट टाढा पार्ने, बदनाम गर्ने

सायबर बुलिङ : सामाजिक सञ्जाल, म्यासेज वा अनलाइन प्लेटफर्ममार्फत हेप्ने

बुलिङले पार्ने असर

बुलिङको शिकार भएका बालबालिका तथा किशोरमा

डर, तनाव र चिन्ता

आत्मविश्वासमा कमी

एक्लोपन, पढाइमा कमजोरी

मानसिक स्वास्थ्य समस्या देखिन सक्छन् । दीर्घकालमा यसले स्वस्थ मन र जीवनमा गम्भीर असर पार्न सक्छ।

अभिभावकले कसरी थाहा पाउने ?

अभिभावकले यी संकेतहरूमा ध्यान दिनुपर्छः

बच्चा अचानक चुपचाप वा डराएको देखिनु

विद्यालय जान नमान्नु

निद्रा नलाग्ने, भोक नलाग्ने

मोबाइल र इन्टरनेट प्रयोगपछि असहज हुनु

शरीरमा चोटपटक देखिनु तर कारण नबताउनु

थाहा पाएपछि अभिभावकले के गर्ने ?

आफ्ना बालबािलकासंग खुलेर कुराकानी गर्ने 

बालबालिकालाई नाई हुन्न भन्नसक्ने बनाउने 

शान्त भएर कुरा सुन्ने – दोष नलगाई बच्चाको कुरा ध्यानपूर्वक सुन्नु

समर्थन दिनु – ‘तिमी गलत होइनौ’ भन्ने अनुभूति गराउनु

विद्यालयसँग समन्वय – शिक्षक वा विद्यालय प्रशासनलाई जानकारी गराउनु

अनलाइन बुलिङ भए प्रमाण सुरक्षित गर्ने

आवश्यक परे मनोसामाजिक परामर्श लिने

बुलिङ रोकथामका उपाय

घर र विद्यालयमा खुला संवादको वातावरण

बालबालिकालाई आत्मसम्मान र आत्मरक्षा सीप सिकाउने

विद्यालयमा बुलिङविरुद्ध स्पष्ट नीति

अनलाइन प्रयोगमा अभिभावकको निगरानी

(राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको सहयोगमा)

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ५ : ०३ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।