१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आम निर्वाचनअघि पार्टीका महाधिवेशन नभए आफू चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।
बिहीबारको कार्यसम्पादन समितिको बैठकमा थापाले चुनावअगाडि नेतृत्व परिवर्तन नभए आम निर्वाचनमा आफू उम्मेदवार नहुने बताएका हुन् ।
बैठकमा सहभागी एक नेताका अनुसार थापाले भनेका थिए, ‘चुनावअघि पार्टीको नेतृत्व परिवर्तन हुनैपर्छ । नेतृत्व फेरिएन भने चुनावमा जान सम्भव छैन । नेतृत्व परिवर्तन नगरी चुनावमा जाने हो भने कोको चुनाव लड्ने हो लड्नुस् म चाहिँ लड्दिनँ ।’
आजकै बैठकमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि आफू फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका थिए ।













प्रतिक्रिया