निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया « Khabarhub

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै पनि दबाब, प्रभाव वा पूर्वाग्रहबिनै स्वतन्त्र र निष्पक्ष रूपमा कलम चलाउनुपर्नेमा जोड दिएका छन् ।

सेन्टर फर पोलिसी रिसर्चले आज यहाँ आयोजना गरेको ‘निर्वाचनमा चौथो अङ्गः अनुसन्धानात्मक पत्रकारिता’ विषयक विमर्श तथा अन्तरक्रियामा उनले पत्रकारले स्वतन्त्र रूपमा कलम चलाए निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय हुने बताए ।

पूर्वआयुक्त थपलियाले निर्वाचन गराउने निकायबारे समाचार सम्प्रेषण गर्दा स्पष्टता आवश्यक रहेको उल्लेख गर्दै निर्वाचन संविधानबमोजिम हुनुपर्नेमा जोड दिए । सञ्चारमाध्यमले निर्वाचन प्रक्रियामा हुने कमजोरी, अनियमितता तथा सम्भावित जोखिमबारे तथ्यमा आधारित अनुसन्धानात्मक सामग्री प्रकाशन गर्न सके लोकतन्त्र थप मजबुत हुने धारणा राखे ।

नेपाल प्रेस काउन्सिलका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठले निर्वाचनका समयमा पत्रकारले भोग्नुपर्ने व्यावसायिक चुनौती, समस्या तथा आचारसंहिताका विषयमा चर्चा गरेका थिए । उनले निर्वाचनमा पत्रकारले समाचार सङ्कलन तथा प्रकाशन गर्दा आचारसंहिता, कानुनी सीमा र सामाजिक उत्तरदायित्वलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

सेन्टर फर पोलिसी रिसर्चका अध्यक्ष सीताराम भट्टराईले अन्तरक्रियाले निर्वाचन प्रक्रियामा पत्रकारिताको चौथो अङ्गको भूमिकालाई थप स्पष्ट पार्नुका साथै पत्रकारहरूलाई जिम्मेवार, तथ्यपरक र अनुसन्धानमुखी पत्रकारिता गर्न प्रेरित गरेको बताए ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ९ : ५३ बजे

यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले स्पेनका युवा स्टार लामिने

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

गण्डकी – जल तथा मौसम विज्ञान विभागले आज र आइतबार

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा