इंग्ल्याण्डविरुद्धको सिरिजमा भारत २-० ले अगाडि, दोस्रो खेलमा वर्माको शानदार ब्याटिङ « Khabarhub

इंग्ल्याण्डविरुद्धको सिरिजमा भारत २-० ले अगाडि, दोस्रो खेलमा वर्माको शानदार ब्याटिङ


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

चेन्नई – भारतले इंग्ल्याण्डसँगको टी २० शृङ्खलामा २-० को अग्रता लिएको छ। ५ खेलको शृङ्खला अन्तरगत शनिबार राति भएको दोस्रो खेलमा भारत दुई विकेटले विजयी भएको हो। यसअघि पहिलो खेलमा पनि भारतले सफलता पाएको थियो।

भ्रमणकारी इंग्ल्याण्डले दिएको १६६ रनको लक्ष्य भारतले ४ बल बाँकी रहँदा आठ विकेटको क्षतिमा पुरा गरेको हो। भारतका लागि तिलक बर्माले अविजित ७२ रनको पारी खेले। ५५ बलको सामना गरेका उनको पारीमा ४ चौका र ५ छक्का समावेश थियो। दुई उत्कृष्ट क्याच समेत लिएका उनी म्यान अफ द म्याच बने। भारतका लागि वासिङ्टन सुन्दरले २६ रन जोडे।

JPG converted with https://ezgif.com/webp-to-jpg

इङ्गल्यान्डका ब्रायडन कर्सले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए। महँगो साबित जोफ्रा आर्चरले १ विकेट लिए पनि ४ ओभरमा ६० रन खर्चिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ९ विकेटको क्षतिमा १६५ रन जोडेको थियो। इंग्ल्याण्डका कप्तान जोस बटलरले सर्वाधिक ४५ रन जोडे। ३० बलको सामना गरेका उनले २ चौका र ३ छक्का प्रहार गरे। जेमी स्मिथले १२ बलमा २२ तथा कर्सले १७ बलमा ३१ रन प्रहार गरे। भारतका अक्षर पटेल वरुण चक्रवर्तीले समान २ विकेट लिए।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ५ : ४३ बजे

आशिकाको फेसबुके निर्देशन विवादमा : सांसदले स्थानीय तहमा हस्तक्षेप गर्न मिल्छ ?

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

गलकोट– दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन्

आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि सुरु हुने

काठमाडौं– नेपाल खेलकुद महासंघ, राष्ट्रिय जुडो संघको आयोजनामा आठौँ अन्तर्राष्ट्रिय

इरानमाथि अमेरिकी–इजरायली आक्रमण : करिब २०० अमेरिकी सैनिक घाइते

एजेन्सी– संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि

अमेरिका र इजरायलको तनाव बढाउने इरानका यी हतियार

काठमाडौं- अमेरिका–इजरायल र इरानबीचको युद्ध जारी छ । युद्धरत पक्ष