इंग्ल्याण्डविरुद्धको सिरिजमा भारत २-० ले अगाडि, दोस्रो खेलमा वर्माको शानदार ब्याटिङ « Khabarhub

इंग्ल्याण्डविरुद्धको सिरिजमा भारत २-० ले अगाडि, दोस्रो खेलमा वर्माको शानदार ब्याटिङ


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

चेन्नई – भारतले इंग्ल्याण्डसँगको टी २० शृङ्खलामा २-० को अग्रता लिएको छ। ५ खेलको शृङ्खला अन्तरगत शनिबार राति भएको दोस्रो खेलमा भारत दुई विकेटले विजयी भएको हो। यसअघि पहिलो खेलमा पनि भारतले सफलता पाएको थियो।

भ्रमणकारी इंग्ल्याण्डले दिएको १६६ रनको लक्ष्य भारतले ४ बल बाँकी रहँदा आठ विकेटको क्षतिमा पुरा गरेको हो। भारतका लागि तिलक बर्माले अविजित ७२ रनको पारी खेले। ५५ बलको सामना गरेका उनको पारीमा ४ चौका र ५ छक्का समावेश थियो। दुई उत्कृष्ट क्याच समेत लिएका उनी म्यान अफ द म्याच बने। भारतका लागि वासिङ्टन सुन्दरले २६ रन जोडे।

JPG converted with https://ezgif.com/webp-to-jpg

इङ्गल्यान्डका ब्रायडन कर्सले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए। महँगो साबित जोफ्रा आर्चरले १ विकेट लिए पनि ४ ओभरमा ६० रन खर्चिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ९ विकेटको क्षतिमा १६५ रन जोडेको थियो। इंग्ल्याण्डका कप्तान जोस बटलरले सर्वाधिक ४५ रन जोडे। ३० बलको सामना गरेका उनले २ चौका र ३ छक्का प्रहार गरे। जेमी स्मिथले १२ बलमा २२ तथा कर्सले १७ बलमा ३१ रन प्रहार गरे। भारतका अक्षर पटेल वरुण चक्रवर्तीले समान २ विकेट लिए।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ५ : ४३ बजे

लैनचौर दुर्घटनामा ज्यान गुमाउने पैदलयात्रु भारतीय नागरिक

काठमाडौँ– काठमाडौँको लैनचौरस्थित केशरमहलस्थित सडकमा कारको ठक्करबाट ज्यान गुमाउनेको पैदलयात्रु

जेलमै हत्या गरिएको अफवाहबीच इमरानलाई भेटिन् बहिनी उज्माले

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई उनकी बहिनी उज्मा खानले मंगलबार

एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

वाइडबडी प्रकरणमा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा विशेष