घर फर्किएका प्यालेस्टाइनीमाथि इजरायलको अवरोध « Khabarhub

घर फर्किएका प्यालेस्टाइनीमाथि इजरायलको अवरोध


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

इजरायल – हमासले युद्ध विरामका मापदण्ड उल्लङ्घन गरेको भन्दै इजरायलले घर फर्किरहेका प्यालेस्टाइनीमा अवरोध सिर्जना गरेको छ। हमासले चार बन्दी तथा इजरायलले जेलबाट दुई सय जनालाई छाडिसकेपछि यो संकट पैदा भएको हो।

सर्वसाधारण नागरिक अर्बेल यहुदलाई रिहा नगरेसम्म इजरायलले प्यालेस्टाइनीलाई उत्तरी क्षेत्रमा जान नदिने जनाएको छ।

हमासले उनी जिउँदा रहेको बताउँदै अर्को साता छाड्ने कुरा उल्लेख गरेको छ।

शनिबार अबेर मध्य गाजाका अल रसिद सडकमा बन्दुक पड्काइएको थियो। हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार एक व्यक्ति मारिएका छन् भने केही घाइते भएका छन्।

इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले धेरै व्यक्तिको भीडमा आफ्नै सेनालाई आक्रमण गर्ने शङ्कास्पद व्यक्ति भएकाले बन्दुक पड्काइएको जनाइएको छ।

आइडिएफले सो आक्रमणको लक्ष्य कसैलाई क्षति गर्ने नभई छिन्नभिन्न पार्ने मात्र भएको बताएको छ। भागेर दक्षिणी गाजमा पुगेकालाई फेरि उत्तरमा उनीहरूकै निवासमा लैजानका लागि मध्यस्थता गरीरहेको इजिप्टले सबै भन्दा चासो दिइरहेको छ। तटीय क्षेत्रमा भने इजरायली ट्याङ्कले अवरोध सिर्जना गरिरहेका छन्।

शनिबार चार जना रिहा भए पनि रिहा हुने अपेक्षा गरिएकी यहुद भने इजिप्टलाई बुझाइएको अनुमान गरिएको छ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ५ : ५८ बजे

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६