घर फर्किएका प्यालेस्टाइनीमाथि इजरायलको अवरोध | Khabarhub Khabarhub

घर फर्किएका प्यालेस्टाइनीमाथि इजरायलको अवरोध


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

इजरायल – हमासले युद्ध विरामका मापदण्ड उल्लङ्घन गरेको भन्दै इजरायलले घर फर्किरहेका प्यालेस्टाइनीमा अवरोध सिर्जना गरेको छ। हमासले चार बन्दी तथा इजरायलले जेलबाट दुई सय जनालाई छाडिसकेपछि यो संकट पैदा भएको हो।

सर्वसाधारण नागरिक अर्बेल यहुदलाई रिहा नगरेसम्म इजरायलले प्यालेस्टाइनीलाई उत्तरी क्षेत्रमा जान नदिने जनाएको छ।

हमासले उनी जिउँदा रहेको बताउँदै अर्को साता छाड्ने कुरा उल्लेख गरेको छ।

शनिबार अबेर मध्य गाजाका अल रसिद सडकमा बन्दुक पड्काइएको थियो। हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार एक व्यक्ति मारिएका छन् भने केही घाइते भएका छन्।

इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले धेरै व्यक्तिको भीडमा आफ्नै सेनालाई आक्रमण गर्ने शङ्कास्पद व्यक्ति भएकाले बन्दुक पड्काइएको जनाइएको छ।

आइडिएफले सो आक्रमणको लक्ष्य कसैलाई क्षति गर्ने नभई छिन्नभिन्न पार्ने मात्र भएको बताएको छ। भागेर दक्षिणी गाजमा पुगेकालाई फेरि उत्तरमा उनीहरूकै निवासमा लैजानका लागि मध्यस्थता गरीरहेको इजिप्टले सबै भन्दा चासो दिइरहेको छ। तटीय क्षेत्रमा भने इजरायली ट्याङ्कले अवरोध सिर्जना गरिरहेका छन्।

शनिबार चार जना रिहा भए पनि रिहा हुने अपेक्षा गरिएकी यहुद भने इजिप्टलाई बुझाइएको अनुमान गरिएको छ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ५ : ५८ बजे

प्रधानमन्त्रीलाई टिकटकरको सुझाव : अघिल्लो सरकारले जस्तो टिकटक बन्द नगर्नू

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई जना चर्चित टिकटकरले

पोखराको टाइगर माउन्टेनमा बेलायती राजकुमारको बास

पोखरा – नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्ड र उनकी

मकुना मृत्यु प्रकरणः सरकारद्वारा छानबिन समिति गठन

काठमाडौं – सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको

एक वर्षपछि प्रतिनिधिसभा बैठकमा उपस्थित भए सांसद नेम्बाङ

काठमाडौं – नेकपा एमालेका सांसद बसन्तकुमार नेम्बाङ एक वर्ष पछाडि

१२ करोड लगानीमा बुटवलमा दोस्रो सिद्धार्थ कटेज, अर्थमन्त्री कार्कीले गरे उद्घाटन

बुटवल – सिद्धार्थ हस्पिटालिटीले बुटवलको योगीकुटीमा निर्माण गरेको ‘सिद्धार्थ कटेज’को