इङ्लिस प्रिमियरसिप : लिभरपुलले विपक्षीको पोस्टमा गर्यो चार गोल | Khabarhub Khabarhub

इङ्लिस प्रिमियरसिप : लिभरपुलले विपक्षीको पोस्टमा गर्यो चार गोल


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लिभरपुलले इङ्लिस प्रिमियरसिप जित्ने सम्भावना अझ बलियो बनाएको छ। कोडी गाक्पोको दुई गोलमा लिभरपुलले शनिबार राति भएको खेलमा इप्वसविचलाई ४-१ ले हराएको हो।

खेलको ११ औँ मिनेटमा इब्राहिमा कोनाटेको पासमा डोमिनिक जोबोस्लाईले लिभरपुललाई अग्रता दिलाएका थिए।

पहिलो हाफ सकिन १० मिनेट बाँकी रहँदा मोहम्मद सलाहले अर्को गोल गरे।

पहिलो हाफको अन्तिम समय अर्थात् खेलको ४४ औँ मिनेटमा गाक्पोले पाएको सहज अवसरलाई उपयोग गरे। दोस्रो हाफको ६५ औं मिनेटमा उनले नै अर्को गोल गरे।

खेलको अन्तिम अर्थात् ९० औं मिनेटमा इप्सविचका लागि ज्याकोब ग्रेभेसले सान्तवना गोल गरे।

जितसहित लिभरपुलले ५३ अङ्क छोडेको छ। तालिकाको दोस्रो स्थानको आर्सनल भन्दा लिभरपुल ६ अंकले अगाडि छ। लिभरपुलसँग् पराजित इप्सविच तालिकाको पुछारबाट तेस्रो स्थानमा छ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ६ : ४५ बजे

तराईका धेरै स्थानमा बाक्लो हुस्सु र शीतलहर

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हमासले थप ६ बन्दी रिहा गरेपछि गाजाबासी घर फर्किन पाउने

गाजा – हमासले यो साता थप ६ जना बन्दी रिहा

बार्सिलोनाले भ्यालेन्सियाको पोस्टमा गर्‍यो सात गोल

काठमाडौं – स्पेनिस ला लिगाको आइतबार राति भएको खेलमा बार्सिलोनाले

जय नेपाल क्रिकेट : विहारमाथि ढाका विश्वविद्यालय सात विकेटले विजयी

काठमाडौं – जय नेपाल कप क्रिकेट प्रतियोगिताको आइतबार भएको खेलमा

आप्रवासीलाई अपराधी झै व्यवहार गरेको भन्दै कोलम्बिया अमेरिकासँग रुष्ट

कोलम्बिया – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाको सामानमा थप कर