राप्रपा केन्द्रीय समिति बैठक आज पनि बस्दै « Khabarhub

राप्रपा केन्द्रीय समिति बैठक आज पनि बस्दै


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ ।

गत शुक्रबारदेखि काठमाडौंको धुम्बाराहीस्थित एक ब्याङ्क्वेटमा जारी बैठक हिजोसम्मका लागि तय गरिएको भएपनि सदस्यहरूको बोल्ने क्रम नसकिएकाले आजसम्म लम्बिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । बोल्न बाँकी सदस्यहरूले आजको बैठकमा धारणा राख्नेछन् । 

जारी बैठकमा पछिल्लो समसामयिक राजनीति, पार्टीको आन्तरिक र साङ्गठनिक परिस्थिति, वैशाख मसान्तसम्ममा सबै जिल्ला अधिवेशन गर्ने लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।

अध्यक्ष राजेन्द्र लिङदेनले प्रस्तुत गरेको भावी राजनीतिक दिशासहित साङ्गठनिक अवस्था र जिल्ला अधिवेशनका बारेमा छलफल जारी छ ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ७ : ३२ बजे

रुसमाथिका प्रतिबन्ध र शुल्क कार्यान्वयनमा ट्रम्पको ६० दिनको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि