तनावपूर्ण खेलमा आर्सनलको जित « Khabarhub

तनावपूर्ण खेलमा आर्सनलको जित


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिपको शनिबार राति भएको खेलमा रिकार्डो कालाफियोरीको निर्णायक गोलमा १० खेलाडीमा सीमित आर्सनलले उल्भसलाई १-० ले हराएको छ। खेलको ४३ औँ मिनेटमा माइलेस लेविस सेकेलीले विवादास्पद रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो।

१८ वर्ष १२१ दिनका सेकेली वाइन रोनी र माइकल ओवेनपछि प्रिमियर सिपको खेलमा रातो कार्ड पाउने तेस्रो कान्छा खेलाडी बने। खेलको ७० औँ मिनेटमा उल्भसका जाओ गोमेजले रातो कार्ड पाएका थिए।

मध्यान्तरका वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका कालाफियोरीले ७४ औँ मिनेटमा गोल गरे प्रिमियरसिपको अर्को खेल न्यूक्यासलले साउथ हाम्पटनलाई ३-१ ले हरायो।

सो खेलको १० औँ मिनेटमा साउहाप्टन जोन बेडनारेकको गोलमा अघि बढेको थियो। न्यु क्यासलका लागि इसाक अलेक्जेन्डरले पहिलो हाफमा नै दुई गोल गरे। सान्ड्रो टोनेलीले टोलीका लागि अन्तिम गोल गरे।

बोर्नमाउथले प्रिमियरसिपका अपराजित यात्रालाई ११ खेलसम्म निरन्तरता दिएको छ। शनिबार राति भएको खेलमा बोर्नमाउथले नटिङघम फरेस्टलाई ५-० ले हरायो। बोर्नमाउथका लाथ डाङ्गो कुटाराले ह्याट्रिक गरे। नवौँ मिनेटमा जस्टिन क्लुभर्टले सिजनको ११ औँ गोल गर्दै बोर्नमाउथलाई अग्रता दिलाएका थिए।

अर्को खेलमा एभरटनले ब्रिङटनलाई १-० ले हरायो। तालिकामा लिभरपुल ५३ अङ्कसहित पहिलो, आर्सनल ४७ अङ्कसहित दोस्रो, फरेस्ट ४४ अङ्कसहित तेस्रो, सिटी ४१ अङ्कसहित चौथो, न्यु क्यासल ४१ अङ्कसहित पाँचौँ तथा चेल्सी ४० अङ्कसहित छैटौँ स्थानमा छन्। बोर्नमाउथ ४० अङ्कसहित सातौँ स्थानमा छ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ८ : ०४ बजे

नेपालीले मापदण्डभन्दा दोब्बर नुन खान्छन् : डा. उप्रेती 

काठमाडौं– नेपालीहरूले विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा दोब्बर बढी नुन

प्रतिनिधिसभा सदस्य निर्वाचन : आयोगले सोध्यो २९ स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप नौ जनालाई

साविक एकीकृत समाजवादीका जिल्ला उपाध्यक्षसहित तीन सयजना एमालेमा प्रवेश

पोखरा – कास्की जिल्लामा साबिक नेकपा (एकीकृत समाजवादी) लगायत विभिन्न

चितवनमा दुर्गा प्रसाईंका कार्यकर्ता र प्रहरीबीच झडप, तीनजना पक्राउ

चितवन- स्थानीय प्रशासनले तोकेको स्थानमा भन्दा बाहिर कार्यक्रम गरेपछि दुर्गा

निःशुल्क आँखा शिविरबाट ८९ जनाको शल्यक्रिया

दमौली– तनहुँको आँबुखैरेनीमा सञ्चालित निःशुल्क आँखा शिविरमा ८९ जनाको मोतियाबिन्दुको