तनावपूर्ण खेलमा आर्सनलको जित | Khabarhub Khabarhub

तनावपूर्ण खेलमा आर्सनलको जित


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिपको शनिबार राति भएको खेलमा रिकार्डो कालाफियोरीको निर्णायक गोलमा १० खेलाडीमा सीमित आर्सनलले उल्भसलाई १-० ले हराएको छ। खेलको ४३ औँ मिनेटमा माइलेस लेविस सेकेलीले विवादास्पद रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो।

१८ वर्ष १२१ दिनका सेकेली वाइन रोनी र माइकल ओवेनपछि प्रिमियर सिपको खेलमा रातो कार्ड पाउने तेस्रो कान्छा खेलाडी बने। खेलको ७० औँ मिनेटमा उल्भसका जाओ गोमेजले रातो कार्ड पाएका थिए।

मध्यान्तरका वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका कालाफियोरीले ७४ औँ मिनेटमा गोल गरे प्रिमियरसिपको अर्को खेल न्यूक्यासलले साउथ हाम्पटनलाई ३-१ ले हरायो।

सो खेलको १० औँ मिनेटमा साउहाप्टन जोन बेडनारेकको गोलमा अघि बढेको थियो। न्यु क्यासलका लागि इसाक अलेक्जेन्डरले पहिलो हाफमा नै दुई गोल गरे। सान्ड्रो टोनेलीले टोलीका लागि अन्तिम गोल गरे।

बोर्नमाउथले प्रिमियरसिपका अपराजित यात्रालाई ११ खेलसम्म निरन्तरता दिएको छ। शनिबार राति भएको खेलमा बोर्नमाउथले नटिङघम फरेस्टलाई ५-० ले हरायो। बोर्नमाउथका लाथ डाङ्गो कुटाराले ह्याट्रिक गरे। नवौँ मिनेटमा जस्टिन क्लुभर्टले सिजनको ११ औँ गोल गर्दै बोर्नमाउथलाई अग्रता दिलाएका थिए।

अर्को खेलमा एभरटनले ब्रिङटनलाई १-० ले हरायो। तालिकामा लिभरपुल ५३ अङ्कसहित पहिलो, आर्सनल ४७ अङ्कसहित दोस्रो, फरेस्ट ४४ अङ्कसहित तेस्रो, सिटी ४१ अङ्कसहित चौथो, न्यु क्यासल ४१ अङ्कसहित पाँचौँ तथा चेल्सी ४० अङ्कसहित छैटौँ स्थानमा छन्। बोर्नमाउथ ४० अङ्कसहित सातौँ स्थानमा छ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ८ : ०४ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित