रास्वपा संसदीय दलको बैठक बुधबारका लागि आह्वान | Khabarhub Khabarhub

रास्वपा संसदीय दलको बैठक बुधबारका लागि आह्वान


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप)ले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक माघ १६ गते बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय चमतिमा बस्ने बताइएको छ ।

बैठकमा यही माघ १८ गते सुरु हुने संसदको हिउँदे अधिवेशन, समसामयिक राजनीति र रास्वपाले उठाउनु पर्ने मुद्दाहरूका विषयमा छलफल हुने पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।  

बर्खे अधिवेशनपछि हिउँदे अधिवेशन सुरु हुन लाग्दा पहिलोपटक दलको बैठक बस्न लागेको हो । पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछाने अहिले निलम्बनमा छन् ।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा चलिरहेका बेला लामिछानेको पद निलम्बनमा परेको हो । पद निलम्बनमा परेपछि अहिलेसम्म रास्वपाले संसदीय दलको नेता चुन्न सकेको छैन । बुधबार बस्ने संसदीय दलको बैठकमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी सम्हाल्ने छन्। श्रेष्ठ २०७४ मा पनि बागमती प्रदेशसभा सदस्य थिए। अहिले काठमाडौंबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

रास्वपा संसदीय दलको विधानको दफा १३ को उपदफा १ बमोजिम संसदीय दलका उपनेता विराजभक्त्त श्रेष्ठको समन्वयमा दलको बैठक बोलाइएको प्रमुख सचेतक परियारले जानकारी दिए । 

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ९ : ५३ बजे

वर्षमानलाई लिएर प्रचण्ड तेह्रथुमतिर, ओलीको जन्मथलोमा दुई दिन बस्ने  

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सैनिक हेलिकोप्टरमा

छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण

धनगढी– कैलालीको मोहन्याल गाउँपालिका– ७ कुइनेमा बाघको आक्रमणबाट एक महिला

पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविर

रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्गे पुल निर्माण

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाका दुई वडालाई जोड्ने झोलुङ्गे पुल

सत्तारुढ दलहरूको बैठक बस्दै

काठमाडौं– सत्तारुढ दलहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा