राष्ट्रिय गौरवका आयोजनाबारे सांसद र विज्ञहरूसँग माओवादी अर्थ विभागको छलफल | Khabarhub Khabarhub

राष्ट्रिय गौरवका आयोजनाबारे सांसद र विज्ञहरूसँग माओवादी अर्थ विभागको छलफल


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रको अर्थ तथा योजना विभागले पूर्वाधार र सुशासनबारेमा आइतबार छलफल आयोजना गरेको छ ।

राजधानी काठमाडौंमा जारी छलफलमा पार्टीका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य तथा पार्टी नेताहरू सहभागी छन् ।

कार्यक्रममा पत्रारकारद्वय हरिबहादुर थापा र मकर श्रेष्ठले खोज पत्रकारिताको निस्कर्ष र छलफल शीर्षकमा प्रस्तुति दिँदैछन् ।

यस्तै इन्ष्टिच्युट फर गभर्नमेन्ट एण्ड पब्लिक अफेयर्स (आइजीपीए) ले ‘राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन स्थितिः प्रमुख निस्कर्ष र सुझावहरू’ तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले ‘पूर्वाधार शासन र राष्ट्रिय गौरवका आयोजना : समस्या र सम्भावित समाधानहरूको पहिचान’ विषयमा प्रस्तुतिकरण दिनेछन् ।

यस्तै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ‘पूर्वाधार शासन र राजनीतिक दलः चुनौतीहरू र आगामी बाटो’ विषयमा विशेष सम्बोधन गर्ने विभाग प्रमुख एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले जानकारी दिए ।

राष्ट्रिय गौरव र विकास आयोजनामा हुने भ्रष्टाचार नियन्त्रणमा खेल्नुपर्ने भूमिकाबारे संसद् र संसदबाहिर पार्टीको संस्थागत धारणा बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए ।

कार्यक्रमले प्रमुख प्रतिपक्षका हैसियतमा संघीय संसदका दुवै सदनमा आयोजनाहरूको अवस्था र सरकारका गलत कामकारबाहीबारे बोल्न सांसदहरूलाई सहयोग पुग्ने विश्वास लिइएको पुनले उल्लेख गरे ।

कार्यक्रममा निर्धाणाधीन अवस्थामा रहेका राष्ट्यि गौरवका आयोजनाहरू हुलाकी राजमार्ग, मध्यपहाडी पुष्पलाल राजमार्ग, उत्तर दक्षिण कोशी करिडोर, उत्तर दक्षिण कालीगण्डकी करिडोर, उत्तर दक्षिण कर्णाली करिडोर, काठमाण्डौं-तराई एक्सप्रेस वे (फास्टट्रयाक), लुम्बिनी क्षेत्र विकास आयोजना, मेलम्ची खानेपानी आयोजना, बूढीगण्डकी जलासयुक्त परियोजना लगायतको प्रगति र समस्याको पहिचानबारे छलफल भइरहेको छ ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  १२ : ०३ बजे

देवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न

दमौली– जिल्लाको प्रसिद्ध देवघाट धाममा एक महिनासम्म सञ्चालित महामहोत्सव बुधबार

बाल विवाह सामाजिक समस्या : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल विवाह सामाजिक समस्या

ललिता निवास प्रकरण : माधव र बाबुरामविरुद्धको रिटमा १८ औँ पेशी, आदेश आउन सक्ने

काठमाडौं- काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय

निजी क्षेत्र संरक्षण हुने गरी विद्युत् विधेयक पारित गर्न माग

काठमाडौं– निजी क्षेत्रको लगानी संरक्षण हुने गरी विद्युत् विधेयक ल्याउनुपर्नेमा

संकटमा इजरायलसँगको युद्धविराम, हमासद्वारा नेताहरूलाई फोन बोक्न प्रतिबन्ध

गाजा- गाजाक्षेत्रस्थित विद्रोही संगठन हमासले इजरायलसँगको युद्धविराम सम्झौता जुनसुकै बेला