भानु नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि विद्या निकुञ्जलाई « Khabarhub

भानु नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि विद्या निकुञ्जलाई


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

डुम्रे– यहाँको भानु नगरपालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि विद्या निकुञ्ज माध्यमिक विद्यालयले जितेको छ ।

भानु–९ काउरेटारस्थित खेलमैदान भएको प्रतियोगितामा विद्या निकुञ्जले छ स्वर्ण, एक रजत र दुई कास्य गरी नौ पदकसहित उपाधि जित्न सफल भएको हो । 

भानु–९ डुम्रीखर्कस्थित कालिका माध्यमिक विद्यालयले पाँच स्वर्ण, छ रजत र चार कास्य गरी १५ पदक प्राप्त गरी द्वितीय स्थान प्राप्त गरेको छ । भानु–९ बाइसजागरस्थित कर्मदा माध्यमिक विद्यालयले चार स्वर्ण, तीन रजत गरी सात पदक प्राप्त गर्दै तृतीय भएको छ । 

प्रतियोगितामा २४ विद्यालय सहभागी थिए । ३० स्वर्ण पदक रहेकामा ११ विद्यालयले स्वर्ण पदक जित्न सफल भएका छन् । विद्या निकुञ्जले रनिङ सिल्डसहित नगद पुरस्कार रु २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ध्रुवराज पौडेलले जानकारी दिए । 

त्यसैगरी कालिकाले रु २० हजार, ट्रफी र प्रमाणपत्र तथा कर्मदाले रु १५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा विजेता विद्यालय तथा विद्यार्थीलाई नगर प्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामेलगायतले पुरस्कार प्रदान गरेका थिए । 

नगर प्रमुख त्रिपाठीले प्रतियोगिताले बालबालिकालाई खेलकुदप्रति आकर्षित गर्नुका साथै अनुशासित बनाउने बताए । उनले भने, ‘खेलकुदको माध्यमबाट बालबालिकालाई प्रोत्साहन पनि मिल्नेछ ।’

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  २ : ३३ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ भने दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित