संसद् अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने « Khabarhub

संसद् अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन यही माघ १८ गते संसद्‌मा सम्बोधन गर्ने भएका छन्। ।

संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएपछि प्रधानमन्त्रीले सम्बोधनको तयारी गरेक हुन् । पहिलो दिन संसद्लाई सम्बोधन गरेर ओलीले सरकारका कामहरूबारे जनतालाई बताउन लागेका हुन् ।

उक्त दिन प्रधानमन्त्री ओलीले हालै जारी गरिएका ५ वटा अध्यादेशलगायत संसद्मा‍ सरकारले पेश गर्न लागिएको विधेयकबारे पनि बोल्ने भएका छन् ।

त्यसैगरी समसमायिक राजनीतिक विषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ३ : १९ बजे

कर्णालीमा मन्त्री छनोटमा सहमति नजुट्दा तीन मन्त्रीको शपथ रोकियो

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र मन्त्री छनोटमा सहमति जुट्न नसक्दा कर्णाली

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

हङकङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा

‘अ क्लास अबभ’ कम्फर्ट, डिजाइन र प्रविधिसहित दिपल निभो क्यू ०५ नेपालमा सार्वजनिक

काठमाडौं– एमएडब्लू वृद्धिले अल–न्यू दिपल निभो क्यू ०५ नेपाली बजारमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

गाजामा सेना परिचालनबारे छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारी इजरायलमा

तेल अभिव- गाजामा प्रस्तावित अन्तरराष्ट्रिय सुरक्षा बलमा सेना परिचालन गर्ने