एमालेले संसदीय दल र रास्वपाले डाक्यो सचिवालय बैठक « Khabarhub

एमालेले संसदीय दल र रास्वपाले डाक्यो सचिवालय बैठक


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसद्को हिउँदे अधिवेशन नजिकिएसँगै दलहरूले आन्तरिक तयारी थालेका छन्। सत्तारुढ र प्रतिपक्षी दुवै दलहरूले आन्तरिक तयारीका लागि बैठकहरु बोलाएका छन् ।

माघ १८ गतेदेखि संसद् अधिवेशन सुरु हुने भएपछि नेकपा एमालेले मंगलबार बस्ने गरी संसदीय दलको बैठक बोलाएको छ।

संसद्‍को अधिवेशन सुरू हुनु तीन दिनअघि अर्थात् आगामी माघ १५ गते मंगलबारका लागि दलको बैठक बोलाइएको हो।

राष्ट्रपति रामचन्द्र पौडेललले संसद्को हिउँदे अधिवेशन माघ १८ गतेबाट सुरु हुने गरी आह्वान गरिसकेका छन् ।

संसद्मा पार्टीका सांसदहरूको भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले बताए ।

उता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सोमबार बस्ने भएको छ ।

बैठक सोमबार बिहान साढे ११ बजे पार्टी कार्यालय बनस्थली, काठमाडौँमा बस्ने कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।

बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावली (विभाग सञ्चालन नियमावली २०८१ संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरु प्रस्ताव (संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्‍याट विभाग नियमावली २०८१ मा छलफल हुने कार्यसूची रहेको उनले बताइन् ।

बैठकमा सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम (पदाधिकारीको नेतृत्वमा), स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता विषयमा, संसद अधिवेशन तथा सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयन सम्बन्धमा समेत छलफल हुने एजेण्डा छन् ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ३ : २९ बजे

पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्ने व्यवस्था

काठमाडौँ– सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

बैतडी– जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएको

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

कैलाली– कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट

मिथिला क्षेत्रमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाइँदै

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ

इलाममा रेडपाण्डा महोत्सव हुँदै

काठमाडौँ– इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव