नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारित : मुख्यमन्त्री « Khabarhub

नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारित : मुख्यमन्त्री


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल र भारतबीचको सम्बन्ध साँचो मित्रता र साझेदारीमा आधारित रहेको बताएका छन् ।

भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा भारतीय पेन्सन वितरण कार्यालय पोखराद्वारा आज आयोजित विशेष समारोहमा उनले आपसी विश्वास, सम्मान र सहकार्यले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे  । 

गण्डकी प्रदेशभित्र शिक्षा, स्वास्थ्य, धार्मिक, सांस्कृतिकलगायत क्षेत्रमा भारत सरकार र मातहतका निकायबाट प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा प्राप्त सहयोगप्रति मुख्यमन्त्री पाण्डेले आभार व्यक्त गरे ।

भारतीय सेनामा नेपालको गण्डकी प्रदेशबाटै ठूलो सङ्ख्यामा सहभागिता रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले पेन्सन वितरण कार्यालय यस क्षेत्रको महत्त्वपूर्ण संस्थाका रूपमा अघि बढेको बताए । आपसी निकटता र पारिवारिक सम्बन्धले दुई देशलाई अझ नजिक तुल्याएको बताउँदै उनले दुई देशबीचको खुला सिमानाका कारण रोजगारी, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सहयोग आदानप्रदान भइरहेको उल्लेख गरे । 

दुई देशबीचको सांस्कृतिक एवं ऐतिहासिक सम्बन्ध हजारौँ वर्षदेखिको भएको उल्लेख गर्दै मुख्यमन्त्रीले यी विषय रामायण, महाभारतमासमेत उल्लेख भएको बताए ।

भारतीय पेन्सन वितरण कार्यालय पोखराका प्रमुख प्रशान्तसिंह बघेलले विश्वमा बहादुरी, बफादारी र कर्तव्यनिष्ठाका लागि प्रसिद्ध गोर्खाली सैनिक रहेका भन्दै सैनिक आश्रित परिवारको सेवारत एवं सेवानिवृत्तपश्चात् पनि आवश्यक सेवा र सुविधालाई सधैँ उच्च प्राथमिकताका साथ कार्यालयले हेर्दै आएको बताए  ।

भारतीय सेनाको इतिहासमा नेपालबाट सबैभन्दा बढी गोर्खाली सैनिकको सहभागिता गण्डकी प्रदेशको विभिन्न जिल्लाबाट भएको जनाउँदै उनीहरूले देखाएको बहादुरी र इमानदारीता प्रशंसायोग्य रहेको बघेलले बताए । 

पेन्सन वितरण कार्यालय पोखराले सन् २०२४ मा शिक्षा, स्वास्थ्यलगायत अन्य कल्याणकारी योजनामा सहयोग गरेको बताउँदै उनले त्यसका अतिरिक्त ३५ अर्ब रुपैयाँ प्रदेशका भूपूहरूको पेन्सन मात्र पठाउने गरिएको जानकारी दिए । भारत सरकारले नेपालमा रहेका भूपू सैनिकहरूका लागि धेरै सकारात्मक र प्रभावकारी योजना लागू गर्दै आएको उनले उल्लेख गरे । 

कार्यालय प्रमुख बघेलका अनुसार भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्यका लागि एम्बुलेन्स, स्कुल बस, खानेपानी, बिजुली, शौर्य ऊर्जालगायत क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ । 

कार्यक्रममा नेपाल भारतीय गोर्खा सैनिक बोर्डद्वारा प्रकाशित ‘जर्नल भूपू २०२५’ लोकार्पण गरिएको थियो । त्यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै अमर प्राप्त गोर्खा सैनिकका सन्नतिलाई सम्मानका र विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । 
 

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ३ : ४१ बजे

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त

भियतनाममा बिरालो उद्धार अभियान

हो ची मिन्ह सिटी- भियतनामको हो ची मिन्ह सिटीमा प्रहरीले

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि

रौतहटको सवारी व्यवस्थापनमा सुधार

रौतहट– मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु

‘प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले अभिव्यक्ति स्वतन्त्रता,