रसुवामा निःशुल्क स्वास्थ्य शिविर, बाह्र जनाको पाठेघरमा समस्या « Khabarhub

रसुवामा निःशुल्क स्वास्थ्य शिविर, बाह्र जनाको पाठेघरमा समस्या


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

रसुवा– स्थानीय महिलाको स्वास्थ्यावस्थालाई लक्षित गरी उत्तरी रसुवाको स्याफ्रुबेँसीमा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा एक सय पाँच महिलाको पाठेघर परीक्षण गरिएको छ ।
      
स्थानीय लाङ्टाङ लिरूङ अस्पतालमार्फत गरिएको पाठेघरसम्बन्धी ‘भिआइए’  परीक्षणबाट  १२ जनामा ‘पोजेटिभ’ देखिएको सञ्चालक डा जीवन तामाङले जानकारी दिए । 

परीक्षणका क्रममा पाठेघरमा समस्या देखिएका बिरामीलाई विशेषज्ञ चिकित्सकको सम्पर्कमा राखी आवश्यक परामर्श दिने काम सुरु भएको अस्पतालले जनाएको छ । 

अब स्थानीयस्तरमा परामर्शसहित बिरामीको उपचार व्यवस्था गरिने र जिल्लामा उपचार सम्भव नहुने देखिए जोखिमको अवस्था हेरी काठमाडौँसहित अन्यत्रका विशिष्टीकृत अस्पतालमा पठाइने नीति रहेको अस्पतालले स्पष्ट गरेको छ ।
 
यसअघि जिल्लामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा छ जना महिलाको पाठेघरको मुखमा क्यान्सरको लक्षण देखिएपछि स्त्रीरोग विशेषज्ञ डा पुनम लामाको नेतृत्वमा उपचार व्यवस्था मिलाइको अस्पतालले जनाएको छ ।
 
सञ्चालक डा तामाङका अनुसार स्थानीय जनतालाई लक्षित गरी निजी क्षेत्रबाट खोलिएको सो अस्पतालले हालसम्म जिल्लाको एक हजार पाँच सयभन्दा बढी बिरामीको स्वास्थ्योपचार गरिसकेको छ ।  

विशेष गरी ग्रामीण भेगका महिलाले आफूलाई परेको समस्या खुलस्त रूपमा नभन्ने र लाज मानेर अस्पतालसमेत नजाने गरेका सन्दर्भमा महिला चिकित्सकबाटै आवश्यक परामर्शसहित स्वास्थ्य सेवा दिँदै आएको अस्पतालले जनाएको छ ।
           
यसै गरी कुनै पनि किसिमको रोग लागेमा वा लाग्ने लक्षणको सङ्केत देखिएमा नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा यथाशक्य छिटो सम्पर्क गर्न तथा सरसफाइलाई विशेष ध्यान दिन अस्पतालले स्थानीयवासीसँग अनुरोध गर्दै आएको छ ।    

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ३ : ४६ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा