रास्वपा सांसद् कठायतले मागिन् पोखरामा एनजीओले दिएको पार्टीको बिल र सीसीटीभी फुटेज « Khabarhub

रास्वपा सांसद् कठायतले मागिन् पोखरामा एनजीओले दिएको पार्टीको बिल र सीसीटीभी फुटेज


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले गत पुस २९ गते संघीय संसद्को कृषि समितिका सदस्यहरू बसेको होटलको बिल र सीसीटीभी फुटेज झिकाउन माग गरेकी छन् ।

प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आइतबार एक निवेदन दिँदै सांसद कठायतले पोखरास्थित होटल ओपन हाउसमा पुस २९ गते राति ८ देखि १० बजेसम्म चलेको पार्टीको सीसीटीभी फुटेज झिकाउन माग गरेकी हुन् ।

उनले उक्त दिन सांसदहरूका लागि गैरसरकारी संस्थाले गरेको मदिरा पार्टीको खर्च विवरण र बिल-भरपाई झिकाउन पनि माग गरेकी छन् ।

उक्त संसदीय समितिले २४ पुसदेखि २९ पुससम्म नेपालगञ्जबाट अनुगमन थालेको थियो । ६ दिने अनुगमनका क्रममा कृषि समितिका सदस्यहरू २९ पुसमा पोखराको होटल ओपन हाउसमा बसेका थिए ।

सांसद कठायतले कृषि समितिको अनुगमनका क्रममा संसदीय समिति सदस्यहरूको आचरण ठीक आरोप लगाएकी छन् उनले मदिरा पिएर सांसदहरूले रवि लामिछानेसहिका नेताहरूको व्यक्तिगत जीवनबारे अनावश्यक टिप्पणी गरेको समितिको बैठकमा उठाएकी थिइन् ।

उक्त विषयमा संसदीय समिति सभापति कुसुमदेवी थापा मगरले प्रमाण लिएर आउनू भनेपछि आइतबार सांसद कठायतले सीसीटीभी फुटेज झिकाएर छानबिन गर्न माग गरेकी हुन् ।

गत बुधबारबार बसेको कृषि समितिको बैठकमा उनले एनजीओको रक्सी खाएर आफ्ना पार्टीका नेताहरूको कुरा काटेको भन्दै बबाल गरेकी थिइन् ।

अनुगमनका क्रममा समिति सभापति थापा मगरसहितका सांसदहरू पोखरा पुगेका बेला रास्वपा नेताहरूको कुरा काटेको जिकिर कठायतको थियो । उनले अन्य दलका सांसदहरू मदिरा पिएर रास्वपा सभापति लामिछाने, सांसदद्धय सुमना श्रेष्ठ र सोविता गौतमको कुरा काटेर बसेको आरोप लगाएकी थिइन् ।

अनुगमपछि काठमाडौंमा बसेको समितिको बैठकमा कठायतले पोखराको होटलमा मदिरा पिएर आफ्नो पार्टीका सभापति तथा अन्य नेताहरूलाई अपमान हुने गरी कुरा काटिएको थिइन् । त्यसपछि समिति सभापति थापाले प्रमाण पेस गर्न चुनौती दिइन् । अहिले कठायतले समितिमै निवेदन दिएर उक्त प्रकरणको छानबिन हुनुपर्ने जिकिर गरेकी छन् ।

के भनेकी थिइन् कठायतले ?

कठायतले आफूमाथि कांग्रेस र एमालेका सांसदहरूले रक्सी पिएर मातेपछि पोखराको होटलमा दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । उनले यसबारेमा बुधबार बसेको संसदीय समिति बैठकमै चर्को स्वरमा कुरा राखेकी थिइन् ।

डढेलो नियन्त्रणबारे छलफलका लागि बसेको समिति बैठकमा कठायतले अनुमगनपछि होटलमा बसेका बेला पोखरामा दुर्व्यवहार भएको जिकिर गरेकी थिइन् । समिति सभापतिसहितका सांसदहरू नै दुर्व्यवहारमा उत्रिएको आरोप उनको थियो ।

त्यसबारेमा कठायत आक्रोशित हुँदै बोलेपछि सभापति थापासँग भनाभन चलेको थियो । गत पुस १९ सभापति थापासहित आठ सदस्यीय टोली लुम्बिनी र गण्डकी प्रदेशको अनुगमनमा निस्किएको थियो । टोलीमा कांग्रेसबाट सभापति थापासहित वीरबहादुर बलायर, एमालेकी सरस्वती सुब्बा र सूर्यप्रसाद ढकाल, माओवादीका रूपा सोसी चौधरी, रास्वपाका अशोककुमार चौधरी र संसद् सचिवालयका उपसचिव शिवदत्त बराल पनि थिए । त्यही टोलीमा कठायत पनि पोखराबाट जोडिएकी थिइन् ।

गण्डकीको अनुगमनमा सांसद चौधरी जान नसकेपछि रास्वपाले कठायतलाई पठाएको थियो । गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसहित अन्नपूर्ण संरक्षित क्षेत्र, विभिन्न पालिकाका जनप्रतिनिधि उपस्थित अन्तरक्रियापछी पार्टी चलेको थियो । होटल ओपन हाउसमा आयोजित मदिरासहितको पार्टीमा रास्वपा नेताहरूबारे जथाभावी बोलेको उनको गुनासो छ।

रास्वपा पार्टी नै ठग भएको, नेताहरूले विदेशी र धेरैजनासँग बिहे गरेको, विवाहमा विवादितले प्रधानमन्त्री र कांग्रेस सभापतिलाई प्रश्न गरेको जस्ता कुरा उठाइएको उनले बताइन् । आफूलाई सभापति थापा, कांग्रेस सांसद बलायर र एमाले सांसद सुब्बाले दुर्व्यवहार गरेको आरोप उनले लगाइन् । दुर्व्यवहारलाई लिएर बुधबारको समिति बैठकमा पनि भनाभन भयो । ‘तपाईंलाई त्यतिकै ह्यारेसमेन्ट’ गर्न खोजे होलान्, तपाईंका कुरा छैनन् ?’ भनेर समिति सभापति थापाले उनलाई सोधेकी थिइन् ।

तर आक्रोशित मुद्रामा देखिएकी कठायतले आफ्नो दलका नेताका व्यक्तिगत कुरा गर्न नपाइने बताइन् । ‘कुन माननीयले कति विवाह गर्‍यो, सुमनाले कतिजना विवाह गर्‍यो भन्ने तपाईंहरूको सरोकारको विषय हो ? सोविता गौतमले के बोल्यो भन्ने तपाईंहरूको सरोकारको कुरा हो ?’, उनले समितिमा सोधेकी थिइन्, ‘तपाईंहरूले निर्णय गर्ने हो सुमनालाई देश निकाला गर्ने भनेर ? के गरेको छ देश निकाला गर्न ? यी विषय समितिको अनुगमन पार्ने हुन् ?’ रवि लामिछानलेले कोसँग कतिवटा विवाह गर्‍यो भनेर मलाई ह्यारेसमेन्ट गरियो ।’

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ३ : ५४ बजे

दोलखामा अतिक्रमित क्षेत्र व्यवस्थापन गर्ने बहस सुरु

दोलखा- दोलखा जिल्लामा अतिक्रमण भएको सार्वजनिक जग्गा फिर्ता गर्ने सन्दर्भमा

बाढीले कमला नदीको ‘डाइभर्सन’ बगाएपछि हुलाकी राजमार्ग अवरुद्ध

सिरहा- निरन्तरको वर्षासँगै आएको बढीले सिरहा र धनुषा जोड्ने कमला

एमालेभित्र पुनर्जागरण बहस, शीर्ष नेतृत्वलाई बिदा गरेर संरचना फेर्नुपर्ने युवा नेताहरूको माग

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) भित्र पुनर्गठन र

नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना

पेरिस- स्वास्थ्यमा समस्या आए पछि इरानका नोबेल शान्ति पुरस्कार विजेता

मुक्त कमैयालगायत समुदायका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी

कञ्चनपुर- कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीले