गगन थापा भन्छन्- अवसर पाए अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रोसँग देश चलाउँछु  « Khabarhub

गगन थापा भन्छन्- अवसर पाए अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रोसँग देश चलाउँछु 


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका थापाले महामन्त्री गगन कुमार थापाले संविधानका आधारभूत विषयहरूलाई चलाउन नहुने बताएका छन्  ।  

मीनकुमारी राणा प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा थापाले संविधानका केही विषयहरूलाई संशोधनमार्फत फेरबदल गर्न सकिने भए पनि आधारभूत विषयहरूलाई चलाउन नहुने बताएका हुन् ।

उनले अर्को विकल्प वा व्यवस्थाका विषयमा बहस भए अर्को दश वर्ष खेर जाने भन्दै असफलताको भारी व्यवस्थालाई बोकाउन नहुने धारणा राखे । पाँच पाँच वर्षमा हुने निर्वाचनमा दलहरू जित्ने हार्ने स्वाभाविक प्रक्रिया भएकाले यसलाई सबैले स्वीकार गर्न सक्नुपर्ने उनले बताए ।

महामन्त्री थापाले एउटा नेता मन्त्री, प्रधानमन्त्री हुने पनि ठूलो कुरा नभए पनि नेतृत्व बदल्ने कुरा महत्त्वपूर्ण भएको उल्लेख गरे । उनले आफूहरूले अवसर पाउने हो भने अहिलेका प्रधानमन्त्री भन्दा राम्रोसँग देश चलाउन सक्ने बताए ।  

थापाले कांग्रेसले ८४ को चुनावलाई पर्खेर बस्ने नभई अहिलेको अवसरलाई नै सदुपयोग गरेर देश र जनताको समुन्नतिका लागि काम गर्नुपर्ने बताए  । 

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ५ : ०० बजे

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ

तामाकोसी किनारमा युवती र बालक मृत फेला

काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती