२ लाख ७५ हजार भाइल एचपीभी खोप विराटनगर आइपुग्यो « Khabarhub

२ लाख ७५ हजार भाइल एचपीभी खोप विराटनगर आइपुग्यो


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

विराटनगर– आउँदो माघ २२ गते देखि सुरु हुने पाठेघरको मुखको क्यान्सर विरुद्ध किशोरीलाई लगाइने ’एचपीभी’ खोप अभियानका लागि कोशी प्रदेशका विभिन्न जिल्लामा खोप पठाउन सुरु गरिएको छ । 

केही दिन अघि विराटनगर स्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा आइपुगेको २ लाख ७५ हजार १ सय ८० भाइल खोप मध्ये ५८ हजार ८ सय ५० भाइल ७ वटा जिल्लामा पठाइएको छ । 

झापा, मोरङ, सुनसरी, उदयपुर, सोलु, ओखलढुंगा र संखुवासभामा एक साता भित्र खोप पठाइने र करिब ६ हजार ६ सय भाइल बफर स्टकमा राखिने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख ज्ञान बहादुर बस्नेतले जानकारी दिए । 

आगामी माघ २२ गते देखि फागुन ६ गते सम्म एचपीभी खोप अभियान संचालन गरी १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई निःशुल्क खोप दिने उनले बताए  ।  

एचपीभी खोप लगाउँदा एचपीभीको संक्रमणबाट हुने क्यान्सर रोग ७० प्रतिशत घटाउन सकिने विश्वास रहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले लक्षित समूहका किशोरीहरूलाई विद्यालयमै खोप अभियान सञ्चालन गर्ने बताइएको छ । 

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ५ : ३७ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२