पाथीभरामा केबलकार निर्माण रोक्न राजेन्द्र महतोको माग « Khabarhub

पाथीभरामा केबलकार निर्माण रोक्न राजेन्द्र महतोको माग


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा अवस्थित मुकुलुंग (पाथीभरा) क्षेत्रमा केबलकार बनाउने योजनालाई खारेज गर्न माग गरेका छन् ।

उनका अनुसार ताप्लेजुङको फुङलिङ नगरपालिका–११ स्थित पवित्र मुकुलुंग (पाथीभरा) क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएका ‘नो केबलकार समूह’ का शान्तिपूर्ण आन्दोलनकारीहरूमाथि सरकारले बलपूर्वक दमन गरेको छ । 

शनिबार साँझ भएको यस घटनामा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गर्दा चार जना गम्भीर घाइते भएका छन् । घटनामा घाइते हुनेमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा, र मंगल लावती रहेका छन्। उनीहरूको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाइएको छ।

घटनाप्रति गहिरो आक्रोश व्यक्त गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपालले प्रहरीद्वारा गरिएको बर्बर दमनको कडा निन्दा गरेको छ। पार्टीले विज्ञप्ति जारी गर्दै घाइते आन्दोलनकारीहरूको शीघ्र उपचार र न्यायको माग गरेको छ ।

पार्टीका अनुसार मुकुलुंग (पाथीभरा) कुनै साधारण स्थान नभई सम्पूर्ण नेपालीहरूको आस्था, परम्परा, र विश्वासको प्रतीक हो। ‘यो स्थललाई कुनै नाफामुखी परियोजनाका लागि प्रयोग गर्न दिनु अस्वीकार्य छ। यसलाई प्राकृतिक स्वरूपमा संरक्षण गर्नु आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ।

राष्ट्रिय मुक्ति पार्टीले बलपूर्वक लागू गरिएका परियोजनाहरूले स्थानीय समुदायको आस्था र सांस्कृतिक मूल्यमा ठेस पुर्‍याएको बताएको छ। पार्टीले पवित्र मुकुलुंगलाई कुनै पनि हालतमा केवलकारजस्ता परियोजनाबाट जोगाउनुपर्ने अडान राख्दै सरकारलाई चेतावनी दिएको छ ।
 
पार्टीले भनेको छ, ‘आस्था र धरोहर जनताको जीवनभन्दा प्रिय हुन्छ। कुनै पनि अन्यायपूर्ण योजनाका विरुद्ध जनताको संघर्ष कहिल्यै झुक्ने छैन।’

राष्ट्रिय मुक्ति पार्टीले निम्न तीन प्रमुख मागहरू अघि सारेको छ । मुकुलुंग क्षेत्रमा केबलकार निर्माण योजनालाई तुरुन्त खारेज गरिनु, घाइते आन्दोलनकारीहरूको शीघ्र उपचार र न्याय सुनिश्चित गरिनु र आन्दोलनरत नागरिकहरूसँग वार्ता र संवादमार्फत समस्याको समाधान गरिनुपर्ने रहेको छ ।

पवित्र स्थलमाथि सरकारले नाफाखोर योजनाहरू थोपर्न खोजेको भन्दै स्थानीयहरूले विरोध जनाउँदै आएका छन्। ‘खुवालुङ र मुकुलुंग केवल ढुंगा र पहाड होइनन्, यी हाम्रो आस्था र अस्तित्वका प्रतीक हुन्,’ आन्दोलनकारीहरूले भनेका छन् ।

सरकारले शान्तिपूर्ण आन्दोलनमा गोली चलाएर जनताको आवाज दबाउन खोजेको छ। पार्टीले पवित्र स्थलहरूको संरक्षण र जनताको आस्थाको सम्मान गर्न सरकारलाई आग्रह गर्दै विकासका नाममा सांस्कृतिक र प्राकृतिक सम्पदाको विनाश सह्य नहुने स्पष्ट पारेको छ।

हेर्नुहोस् विज्ञप्ति :

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ६ : १३ बजे

सिरहामा भदौ २४ कै दृश्य : प्रदर्शनकारीले लगाइदिए एबी मलमा आगो

काठमाडौं- सिरहाको गोलबजारमा प्रहरीको गोलीबाट एकजना युवकको मृत्यु भएपछि तनाव

सभापति लामिछानेले थाले कोशी र मधेसका सांसदसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको पछिल्लो समसामयिक

सुनसरी घटनाको पाँच दिनपछि देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा तनाव सुरू भएको पाँच दिनपछि

‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत

काठमाडौं– ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक,

कप्तानगञ्ज तनाव मधेशतिर फैलिएपछि गृहमन्त्री सुनसरी जाँदै

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जबाट दुई समुदायबीच फैलिएको तनावको पाँच