कर्मचारीलाई भौतिकमन्त्रीको निर्देशन- कानुनले दिएको अधिकार उपयोग गर्नुस् « Khabarhub

कर्मचारीलाई भौतिकमन्त्रीको निर्देशन- कानुनले दिएको अधिकार उपयोग गर्नुस्


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नहिचकिचाईकन कानुनले दिएको अधिकार उपयोग गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । नियत सफा राखेर दायित्वलाई नबिर्सी कानुनले दिएको अधिकार उपयोग गर्न उनले आग्रह गरे । 

नेपाल निजामती कर्मचारी सङ्गठन, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विभागीय समितिको १२औँ अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री दाहालले शीघ्र सेवा र तीव्र विकासको मर्मलाई आत्मसात् गर्न आग्रह गरे । ‘कर्मचारीले आफ्नो अधिकार र दायित्वलाई नभुली कार्य सम्पादन गर्नुपर्छ’, उनले भने ।  

सरकार गठन भएको ६ महिनाको अवधिमा सरकारले थुप्रै काम गरेको मन्त्री दाहालको भनाइ थियो । काठमाडौं तराई–मधेश द्रुत मार्गमा पर्ने धेद्रे सुरुङ तथा सिद्धबाबाको सुरुङ छिचोलिएको, नागढुङ्गा सुरुङ् मार्ग सञ्चालनका लागि ‘मोडालिटी’ तयार भइरहेको, मुग्लिन–पोखरा तथा, नारायणघाट–बुटवल सडक निर्माणले गति लिएको, केही प्रमुख विधेयक संसद्को यही हिउँदे अधिवेशनमा पेस हुने अवस्थामा पुगेको उनले उल्लेख गरे । 

बिपी राजमार्गसहितका सडकहरु बाढी–पहिरोले क्षत–विक्षत गरे पनि तुरुन्त यातायात सञ्चालनको अवस्थामा ल्याइएको, बेलिब्रिज धमाधम जडान भएको र भइरहेका भन्दै मन्त्री दाहालले आगामी वर्षायाममा सहज रुपमा यातायात सञ्चालनको वातावरण बनाउन मन्त्रालय लागिपरेको उल्लेख गरे । 

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले कर्मचारी सङ्गठन तथा ट्रेड युनियन सृजनशील हुन सके कार्य सम्पादन चाँडो र प्रभावकारी हुनसक्ने बताए । कर्मचारी अगुवाहरूले संसद्को आगामी अधिवेशनबाट सङ्घीय निजामती सेवा ऐन पारित हुनुपर्नेमा जोड दिए  ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ६ : २४ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा