दक्षिण श्रीलङ्कामा बस दुर्घटना, २९ जना घाइते « Khabarhub

दक्षिण श्रीलङ्कामा बस दुर्घटना, २९ जना घाइते


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलङ्काको दक्षिणी प्रान्त गालमा आइतबार बिहान तीन वटा बस एक आपसमा ठोक्किँदा कम्तीमा २९ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइते सबै जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीका अनुसार बिहान ८ः३० बजेतिर निजी स्वामित्वका यात्रुवाहक बसहरू दुर्घटना भएका हुन् ।
 
प्रहरीको प्रारम्भिक रिपोर्टअनुसार एउटा बस रोकिराखेको अर्को बससँग ठक्कर खाएको र दुर्घटनाग्रस्त बस र तेस्रो बस ठोक्किएर धेरै यात्रु घाइते भएका देखिएको छ । 

सन् २०२० देखि २०२४ सम्ममा सवारी दुर्घटनामा परी १२ हजार १४० जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । 

श्रीलङ्काका अधिकारीहरूले यात्रुवाहक बसहरूमा ट्राफिक नियम उल्लङ्घन गर्ने व्यक्तिहरूविरुद्ध कानुनी कारबाहीलाई तीव्रता दिइरहेका छन् । 

श्रीलङ्का सरकारले सडक दुर्घटना रोक्नका साथै अपराध र लागूऔषध विरोधी अभियान सञ्चालन गर्ने उद्देश्यले थप १० हजार प्रहरी अधिकारीहरू भर्ती गर्न अनुमति दिएको छ ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ७ : ४१ बजे

काठमाडौं- ३ बाट कुलमानको उम्मेदवारी दर्ता

काठमाडौं– उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले काठमाडौँ

पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई 

काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ। 

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले