दक्षिण श्रीलङ्कामा बस दुर्घटना, २९ जना घाइते « Khabarhub

दक्षिण श्रीलङ्कामा बस दुर्घटना, २९ जना घाइते


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलङ्काको दक्षिणी प्रान्त गालमा आइतबार बिहान तीन वटा बस एक आपसमा ठोक्किँदा कम्तीमा २९ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइते सबै जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीका अनुसार बिहान ८ः३० बजेतिर निजी स्वामित्वका यात्रुवाहक बसहरू दुर्घटना भएका हुन् ।
 
प्रहरीको प्रारम्भिक रिपोर्टअनुसार एउटा बस रोकिराखेको अर्को बससँग ठक्कर खाएको र दुर्घटनाग्रस्त बस र तेस्रो बस ठोक्किएर धेरै यात्रु घाइते भएका देखिएको छ । 

सन् २०२० देखि २०२४ सम्ममा सवारी दुर्घटनामा परी १२ हजार १४० जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । 

श्रीलङ्काका अधिकारीहरूले यात्रुवाहक बसहरूमा ट्राफिक नियम उल्लङ्घन गर्ने व्यक्तिहरूविरुद्ध कानुनी कारबाहीलाई तीव्रता दिइरहेका छन् । 

श्रीलङ्का सरकारले सडक दुर्घटना रोक्नका साथै अपराध र लागूऔषध विरोधी अभियान सञ्चालन गर्ने उद्देश्यले थप १० हजार प्रहरी अधिकारीहरू भर्ती गर्न अनुमति दिएको छ ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ७ : ४१ बजे

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६