त्रिकोणात्मक टी–२० शृङ्खलाः इन्दू बर्माको कप्तानीमा नेपाली टोली घोषणा « Khabarhub

त्रिकोणात्मक टी–२० शृङ्खलाः इन्दू बर्माको कप्तानीमा नेपाली टोली घोषणा


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यही माघ १७ गतेदेखि आयोजना हुने त्रिकोणात्मक त्रिकोणात्मक टी–२० शृङ्खलाका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज इन्दू बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा कप्तान बर्मासहित रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, विन्दू रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, एलिसाकुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र इश्वरी विष्ट रहेका छन् ।

माघ २५ सम्म सञ्चालन हुने खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

यस्तो छ खेल तालिका

नेपालले माघ १७ गते नेदरल्यान्ड्ससँग पहिलो खेल खेल्ने छ । माघ १८ गते नेदरल्यान्ड्स र थाइल्यान्ड भिड्नेछन् । यस्तै, नेपालले माघ १९ गते थाइल्यान्डसँग खेल्ने छ भने माघ २० गते नेदरल्यान्ड्स र नेपालबीच प्रतिस्पर्धा हुनेछ ।

माघ २१ मा थाइल्यान्ड र नेदरल्यान्ड्स, माघ २२ मा थाइल्यान्ड र नेपाल, माघ २३ मा नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ । यस्तै, माघ २४ गते नेदरल्यान्ड्स र थाइल्यान्ड भिड्नेछन् भने माघ २५ गते नेपाल र थाइल्यान्डबीच खेल हुुनेछ ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ८ : ०८ बजे

लैनचौर दुर्घटनामा ज्यान गुमाउने पैदलयात्रु भारतीय नागरिक

काठमाडौँ– काठमाडौँको लैनचौरस्थित केशरमहलस्थित सडकमा कारको ठक्करबाट ज्यान गुमाउनेको पैदलयात्रु

जेलमै हत्या गरिएको अफवाहबीच इमरानलाई भेटिन् बहिनी उज्माले

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई उनकी बहिनी उज्मा खानले मंगलबार

एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

वाइडबडी प्रकरणमा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा विशेष