‘पत्रकारको पेसागत सुरक्षामा ध्यान दिइने’ | Khabarhub Khabarhub

‘पत्रकारको पेसागत सुरक्षामा ध्यान दिइने’


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारको पेसागत सुरक्षामा ध्यान दिने बताएकी छन् ।

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले आज यहाँ आयोजना गरेको ‘पत्रकारितामा महिलाको सवाल र महासङ्घको भूमिका’ विषयक अन्तरक्रियामा अध्यक्ष शर्माले पत्रकारितामा आर्थिक चुनौती देखिएकाले व्यावसायिक सुरक्षामा ध्यान दिन जरुरी भएको बताएकी हुन् ।

“पत्रकारको पेसागत सुरक्षाका लागि सूचना प्रविधिको प्रयोग जरुरी छ,” अध्यक्ष शर्माले भनिन्, “अबको पत्रकारिता अधिकतम प्रविधिमैत्री गर्न क्षमता विकासको तालिम पनि जरुरी छ, त्यसका लागि महासङ्घले योजना बनाएर काम गर्नेछ ।”

पत्रकारलाई सामाजिक सुरक्षा कोषमा लैजाने र पत्रकार महिलाले सञ्चालन गरेका साना–स्वरोजगारमूलक मिडियालाई दिगो रुपमा सञ्चालन गर्न सकिने उपायका बारेमा छलफल गर्ने उनले बताइन् ।

पत्रकार महासङ्घको इतिहासमा सम्पूर्ण पत्रकार महिलाको जित भएको र महासङ्घलाई चुस्तदुरुस्त राख्न निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष शर्माले सहयोगका लागि अपिलसमेत गरिन् ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ८ : २९ बजे

कांग्रेसको तराई-मधेस समन्वय विभागमा १० सदस्य मनोनयन

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको तराई-मधेस समन्वय विभागको

अछाममा दुई किशोरीको मृत्यु, सांसदसहितले गृहमन्त्रीसँग गरे निष्पक्ष छानविन माग

अछाम– अछामको ढकारी गाउँपालिका–८, पल्साँताका दुईजना किशोरी जंगलमा मृत अवस्थामा

उदयपुर बेलका क्षेत्रमा देखिन थाले गिद्ध

उदयपुर – जिल्लाको बेलका नगरपालिका– ८ र ९ स्थित चिम्पाकोट,

२१७ वर्षअघिको त्यो माझकिरात विद्रोह

पहिले काठमाडौँ उपत्यका एउटा दहका रुपमा थियो र पछि यहाँको

प्रचण्ड र माबुहाङको संयोग – १२ वर्षमा खोलो फर्कियो

तेह्रथुम – पूर्वी पहाडको भ्रमणमा निस्किएका पूर्वप्रधानमन्त्री प्रचण्डले आइतबार तेह्रथुमको