भारतीय दूतावासले मनायो ७६औं गणतन्त्र दिवस « Khabarhub

भारतीय दूतावासले मनायो ७६औं गणतन्त्र दिवस


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंस्थित भारतीय दूतावासले ७६ औं गणतन्त्र दिवस भव्यताका साथ मनाएको छ । आइतबार दूतावासले विभिन्न कार्यक्रमको आयोजना गरि ७६ औं गणतन्त्र दिवस मनाएको हो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले लैनचौरस्थित् दूतावास परिसरमा आयोजित समारोहमा भारतको राष्ट्रिय झन्डोत्तोलन गरेर कार्यात्रमको शुभारम्भ गरेका थिए ।

उनले नेपालमा रहेका प्रवासी भारतीयलाई पनि सम्बोधन गरेका थिए । राजदूतावासपरिसरमा भारतका राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो। । कार्यक्रममा भारतीय समुदायका सदस्यहरूको ठूलो संख्यामा उपस्थिति थियो।

.राजदूतले भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमती र निकटतम नातेदारलाई ५ करोड नेपाली रुपैयाँ वितरण गरी सम्मान गरेका छन् ।

यसका साथै, भारतीय सशस्त्र बलका २१९ जना मृतक सदस्यका श्रीमती र निकटतम नातेदारलाई २३. २९ करोड रकम पनि वितरण गरिएको छ। राजदूतले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकहरुका लागि भारत सरकारको कल्याणकारी पहलहरु समावेश गरिएको भूपू–२०२५ पत्रिकाको पनि लोकार्पण गरेका छन् ।

दिवसका अवसरमा दूतावासले नेपालका ६ वटा प्रदेशमा फैलिएका २९ वटा शैक्षिक संस्थाहरुलाई पुस्तकहरु प्रदान गरेको छ । कार्यक्रममा भारत–नेपाल सम्बन्धमा भएको प्रगतिबारे विस्तृत जानकारी भिडियोमार्फत प्रस्तुत गरिएको थियो।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  १० : ०५ बजे

म्याद थपका लागि पूर्वगृहमन्त्री लेखक सरकारी वकिल कार्यालयमा

काठमाडौँ – शनिबार बिहान पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री

यस्तो छ पूर्वमन्त्री दीपक खड्काको पक्राउ पूर्जी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मी – चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको

यी हुन् पूर्वमन्त्री दीपक खड्का जोडिएका विवाद

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

विभेद अन्त्यका लागि संरचनागत सुधार अनिवार्य छ : रक्षा बम

काठमाडौँ – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राज्यले गर्ने क्षमायाचना