पर्वले नेपालीबीच आपसी सद्भाव बलियो बनाउँछ : सभामुख घिमिरे | Khabarhub Khabarhub

पर्वले नेपालीबीच आपसी सद्भाव बलियो बनाउँछ : सभामुख घिमिरे


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले महाशिवरात्रि पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावनालाई बलियो बनाउँदै सबैलाई सकारात्मक ऊर्जा, आत्मज्ञान, शान्ति र समृद्धि प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

महाशिवरात्रि पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्दै यस पर्वले धर्म, आस्था, प्रेम, करुणा र मानवताका मूल्यमान्यतासँग जोड्न मद्दत पुग्ने उल्लेख गरेका छन् । महाशिवरात्रि हिन्दू धर्मावलम्बीहरूको एक प्रमुख पर्व हो । यस पर्वमा भगवान् शिवको पूजाआराधना र तपस्या गरी मनाइन्छ ।

महाशिवरात्रिको विशेष महत्व धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक रूपमा गहिरो छ । किंवदन्तीअनुसार यस रात शिव-पार्वतीको विवाह भएको दिन हो । यस दिनलाई भगवान् शिवले सृष्टि, संरक्षण र संहारको सिद्धान्तलाई आत्मसात् गरी ध्यानमग्न भएको दिनका रूपमा समेत स्मरण गरिन्छ ।

काठमाडौंस्थित पशुपतिनाथ मन्दिर महाशिवरात्रिका अवसरमा लाखौँ भक्तजनको गन्तव्य बन्ने गरेको छ । पशुपतिनाथमा भगवान् शिवलाई पशुपति अर्थात् सम्पूर्ण जीवहरूको स्वामीको रूपमा पूजा गरिन्छ ।

यस अवसरमा पशुपतिनाथ क्षेत्रमा महादेवका भक्तहरूले विशेष आराधना, रुद्राभिषेक, जाग्राम, भजनकीर्तन तथा ध्यान साधना गरेर शिवभक्ति अभिव्यक्त गर्दछन् । 

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ७ : २७ बजे

म्याग्दीको ओखरबोटमा तामाखानी उत्खननका लागि अध्ययन सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकामा रहेको ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन

राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित गरिँदै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ ।

वैकल्पिक खेलाडीलाई मौका दिएको दक्षिण अफ्रिकाको जिम्बाबेविरुद्ध सानदार जित

काठमाडौं – दक्षिण अफ्रिकाले जिम्बाबेसँगको टेस्ट खेलमा ३२८ रनको जित

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा