बुधबार कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

बुधबार कुन विदेशी मुद्राको विनिमय दर कति ?


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपियाँ २४ पैसा र बिक्रीदर एक सय ३९ रुपियाँ ८४ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपियाँ ८९ पैसा र बिक्रीदर एक सय ४६ रुपियाँ ५२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपियाँ ८७ पैसा र बिक्रीदर एक सय ७६ रुपियाँ ६३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपियाँ ४५ पैसा र बिक्रीदर एक सय ५६ रुपियाँ ११ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ १९ पैसा र बिक्रीदर ८८ रुपियाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ६३ पैसा र बिक्रीदर ९८ रुपियाँ ०५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपियाँ ९६ पैसा र बिक्रीदर एक सय चार रुपियाँ ४१ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २९ पैसा र बिक्रीदर नौ रुपियाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १७ पैसा र बिक्रीदर १९ रुपियाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ १३ पैसा र बिक्रीदर ३७ रुपियाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ २० पैसा र बिक्रीदर ३८ रुपियाँ ३६ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ १३ पैसा र बिक्रीदर चार रुपियाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ९१ पैसा र बिक्रीदर ३८ रुपियाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ४८ पैसा र बिक्रीदर ३१ रुपियाँ ६२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ७० पैसा र बिक्रीदर नौ रुपियाँ ७५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ०९ पैसा र बिक्रीदर १३ रुपियाँ १५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ५६ पैसा र बिक्री दर १९ रुपियाँ ६४ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ९१ पैसा र बिक्रीदर १७ रुपियाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ५१ रुपियाँ ३३ पैसा र बिक्रीदर चार सय ५३ रुपियाँ २८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६९ रुपियाँ ४४ पैसा र बिक्रीदर तीन सय ७१ रुपियाँ ०३ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ६१ रुयैयाँ ६६ पैसा र बिक्रीदर तीन सय ६३ रुपियाँ २२ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ५ : ५७ बजे

श्रीमतीसहित विदेश गएका देउवा एक्लै नेपाल फर्किए

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच महिनापछि बिहीबार नेपाल फर्किएका

कागबेनी-छुसाङ सडक निर्माण सुरु

मुस्ताङ– छुसाङ-कागबेनी १० किलोमिटर सडक  निर्माण सुरु भएको छ । 

महाकाली करिडोर : डेढ दशकमा छ किलोमिटर कालोपत्र

कञ्चनपुर– सरकारले कञ्चनपुरको बह्मदेवदेखि नेपाल-चीन सिमाना तिंकरसम्म जोड्ने ध्येयकासाथ डेढ

पाँच महिनापछि काठमाडौंमा उत्रिए देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच महिनापछि नेपाल

कृष्ण सिटौलाको तर्क : कांग्रेसको सभापति देउवा नै हुन्, हाम्रो पार्टी फुटेको छैन

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले पनि पार्टीको सभापति शेरबहादुर