अमेरिका-युक्रेन खनिज सम्झौतामा जेलेन्स्कीले शुक्रबार हस्ताक्षर गर्ने ट्रम्पको दाबी « Khabarhub

अमेरिका-युक्रेन खनिज सम्झौतामा जेलेन्स्कीले शुक्रबार हस्ताक्षर गर्ने ट्रम्पको दाबी


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिका र युक्रेन खनिज सम्बन्धी सम्झौताको नजिक पुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की शुक्रबार अमेरिका गएर सो सम्झौतामा हस्ताक्षर गर्ने बताएका छन्।

युक्रेनी अधिकारीले यो सम्झौतालाई सकारात्मक रूपमा लिएको बताएका छन्। अमेरिकाले युक्रेनलाई युद्धको समयमा ५०० अर्ब अमेरिकी डलर सहयोग गरेका कारण सो बराबरको श्रोतमा पहुँचको मागसहित प्रस्ताव गरेको थियो।

अमेरिकी माग अनुसारको परिमार्जित स्वरूपमा सहमति भएको जनाइएको छ। परिमार्जित सहमतिमा त्यसको आयमा बाँडफाँडको सहमति भएको जनाइएको छ। यसैगरी युक्रेनको सुरक्षाका बारेमा भने टुङ्गो लाग्न बाँकी रहेको जनाइएको छ। शुक्रबार हुने भनिएको जेलेन्स्कीको भ्रमणको दौरान यो विषय पनि टुङ्गो लाग्ने छ।

संसारका महत्त्वपूर्ण खनिजको ५ प्रतिशत युक्रेनमा रहेको जनाइन्छ। यसमा १९ मिलियन टन ग्राफाइट रहेको पुष्टि भइसकेको छ।

विद्युतीय सवारी साधनाका लागि ब्याट्री बनाउन ग्राफाइट प्रयोग हुन्छ। युरोप भरीको लिथियमको एक तिहाइ युक्रेनमा नै भएको विश्वास गरिन्छ। अहिले प्रयोग गरिने ब्याट्री निर्माणमा यसको प्रयोग हुन्छ।

हवाई जहाजदेखि पावर स्टेसन निर्माणका लागि आवश्यक पर्ने टिटानियम पनि युक्रेनमा नै पाइन्छ। हतियार, विन्ड टबाईन, इलेकट्रोनिक्स सामान तथा अन्य महत्त्वपूर्ण उपकरणका लागि आवश्यक पर्ने १७ तत्त्व युक्रेनमा नै पाइन्छ। युक्रेनका ३५० अर्ब अमेरिकी डलर बराबरको खनिज अहिले रुसले कब्जा जमाएको भूमिमा पर्छन्।

JPG converted with https://ezgif.com/webp-to-jpg

आफूले निर्णयमा हस्ताक्षर गर्ने गरेको ओभल अफिसमा रहेका ट्रम्पले यस सहमतिले युक्रेनले लडिरहने अधिकार पाएको बताए। ‘उनीहरू धेरै बहादुर छन्। तर अमेरिकाको पैसा, हतियार र सैन्य सहयोग नभएको भए यो युद्ध धेरै पहिले सकिने थियो’, ट्रम्पले भने।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ६ : २७ बजे

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय