ट्रम्पको शरणार्थी सम्बन्धी निर्णयमा जिल्ला न्यायाधीशले लगाए रोक « Khabarhub

ट्रम्पको शरणार्थी सम्बन्धी निर्णयमा जिल्ला न्यायाधीशले लगाए रोक


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – शरणार्थी दर्ता कार्यक्रम स्थगित गर्ने डोनाल्ड ट्रम्पको निर्णयलाई अदालतले रोक लगाएको छ। सिटलका जिल्ला न्यायाधीश जमाल ह्वाइट हेडले काँग्रेसले फ्रेम वर्कसहित तयार पारेको मापदण्डलाई मिचेर उनले एकतर्फी निर्णय गर्न नसक्ने बताएका छन्।

न्यायाधीशले यो निर्णयले शक्ति पृथकीकरणको सिद्धान्तलाई नै असर गरेको बताउँदै यसमा रोक लगाउनु आवश्यक रहेको समेत बताएका छन्।

शरणार्थीले दिएको व्यक्तिगत निवेदनको आधारमा न्यायाधीशले यो निर्णय गरेका हुन्। यो निर्णय गर्ने सिटलका जिल्ला न्यायाधीश ह्वाइटहेडलाई सन् २०२३ मा राष्ट्रपति जो बाइडेनले नियुक्त गरेका हुन्।

युद्ध र प्राकृतिक विपत्ति लगायत कारणबाट विस्थापित भएर शरणार्थीको रूपमा अमेरिका आउने क्रम अहिले पनि जारी छ। ट्रम्प प्रशासनले यसरी आउने शरणार्थीलाई अमेरिकाले थेग्न नसक्ने भन्दै योक्रम रोक्नका लागि दर्ता प्रक्रिया नै रोक्ने निर्णय गरेको हो।

संसारभरबाट अहिले पनि ६ लाख मानिस शरणार्थीको रूपमा अमेरिका आउने प्रक्रियामा छन्।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ७ : २५ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा