ट्रम्पको शरणार्थी सम्बन्धी निर्णयमा जिल्ला न्यायाधीशले लगाए रोक | Khabarhub Khabarhub

ट्रम्पको शरणार्थी सम्बन्धी निर्णयमा जिल्ला न्यायाधीशले लगाए रोक


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – शरणार्थी दर्ता कार्यक्रम स्थगित गर्ने डोनाल्ड ट्रम्पको निर्णयलाई अदालतले रोक लगाएको छ। सिटलका जिल्ला न्यायाधीश जमाल ह्वाइट हेडले काँग्रेसले फ्रेम वर्कसहित तयार पारेको मापदण्डलाई मिचेर उनले एकतर्फी निर्णय गर्न नसक्ने बताएका छन्।

न्यायाधीशले यो निर्णयले शक्ति पृथकीकरणको सिद्धान्तलाई नै असर गरेको बताउँदै यसमा रोक लगाउनु आवश्यक रहेको समेत बताएका छन्।

शरणार्थीले दिएको व्यक्तिगत निवेदनको आधारमा न्यायाधीशले यो निर्णय गरेका हुन्। यो निर्णय गर्ने सिटलका जिल्ला न्यायाधीश ह्वाइटहेडलाई सन् २०२३ मा राष्ट्रपति जो बाइडेनले नियुक्त गरेका हुन्।

युद्ध र प्राकृतिक विपत्ति लगायत कारणबाट विस्थापित भएर शरणार्थीको रूपमा अमेरिका आउने क्रम अहिले पनि जारी छ। ट्रम्प प्रशासनले यसरी आउने शरणार्थीलाई अमेरिकाले थेग्न नसक्ने भन्दै योक्रम रोक्नका लागि दर्ता प्रक्रिया नै रोक्ने निर्णय गरेको हो।

संसारभरबाट अहिले पनि ६ लाख मानिस शरणार्थीको रूपमा अमेरिका आउने प्रक्रियामा छन्।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ७ : २५ बजे

सडकसँग जोडिँदै हुम्लाको दुर्गम गाउँ

हुम्ला – हुम्लाकोे दक्षिण क्षेत्रमा पर्ने अदानचुली गाउँपालिकाको दुर्गम गाउँबस्ती

पर्सामा चार ठाउँबाट राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरिने

पर्सा – जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले राष्ट्रिय परिचयपत्र बनाउने

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

रूपन्देही – भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलामा

कांग्रेस सह-महामन्त्रीको समाचारमा धनुषाका एसपी तिवारीको चासो

काठमाडौं – गत चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा लुटपाटमा

अन्तरजातीय विवाह गर्ने पाँच दम्पती सम्मानित

खोटाङ – खोटाङको खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने दुई वडाका