अल्भारेजले ५० सेकेन्डमै गोल गरेपछि रोचक बन्यो बार्सिलोना र एट्लेटिको भिडन्त « Khabarhub

अल्भारेजले ५० सेकेन्डमै गोल गरेपछि रोचक बन्यो बार्सिलोना र एट्लेटिको भिडन्त


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


807
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बार्सिलोना र एट्लेटिको म्याड्रिड बिचको कोपा डेल रे कप फुटबलको पहिलो लेग सेमिफाइनल ४-४ गोलको बराबरीमा सकिएको छ।

बार्सिलोना घरेलु भूमिमा भएको सनसनीपूर्ण खेलमा ५० सेकेन्डमा नै जुलियन अल्भारेजले एट्लेटिकोलाई अग्रता दिलाएका थिए। छैटौँ मिनेटमा एन्टेनियो ग्रिजम्यानले एट्लेटिकोका लागि अर्को गोल गरे।

खराब सुरुवात गरेको बार्सिलोना १९ औँ मिनेटमा पेड्रीको गोल मार्फत खेलमा फर्किएको थियो। त्यसको लगत्तै पाउ कुबारसीले बार्सिलोनाका लागि बराबरी गोल गरेका थिए ।

पहिलो हाफमा इनिगो मार्टिनेजले अर्को गोल गरे भने रोबर्ट लेवान्डोस्कीले थप गोल गर्दै बार्सिलोनालाई जित तर्फ अग्रसर गराएका थिए।

दोस्रो हाफको अन्त्यमा एट्लेटिकोका लागि मार्कोस लोरेन्टे र अलेक्जेन्डर सोर्लोथले गोल गरे। आठ गोल भएको खेल चारचारको बराबरीमा टुंगिएको हो।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ७ : ४९ बजे

रवि-बालेनबिना नै सुरु भयो रास्वपा सांसदको अभिमुखीकरण (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम

यौनकर्मी महिलाको मुद्दामा भावी प्रधानमन्त्री बालेन्द्रलाई खुला पत्र : ‘लालिमा’ मार्फत न्यायको माग

काठमाडौं – यौनकर्मका लागेका लाखौं नेपाली महिलाहरूको मानवधिकार र न्यायबारे

इरान–इजरायल द्वन्द्व : दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित

दुबई– मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी

आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागको अनुरोध

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अन्तर्राष्ट्रिय बजारमा देखिएको