देशभरका शिवालयमा दर्शनार्थीको भीड (तस्बिरहरू) « Khabarhub

महाशिवरात्रि

देशभरका शिवालयमा दर्शनार्थीको भीड (तस्बिरहरू)


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिन्दू धर्मावलम्बीहरूले महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाउँदै छन् ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाइँदै छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानै नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धा भक्तिपूर्वक पूजाआराधना गरिरहेका छन्।

महाशिवरात्रि पर्वको अवसरमा काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीहरूको भीड लागेको छ ।

पशुपतिनाथ (तस्बिरहरू)

भक्तपुरको डोलेश्वर मन्दिर (तल)

महाशिवरात्रिका अवसरमा केदारनाथको शीर मानिने भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा पूजाअर्चनाका लागि आएका दर्शनार्थी ।

अर्घाखाँचीको सन्धिखर्क–१ चुत्रावेसीस्थित सिद्धेश्वर शिवालय ।

तनहुँको शुक्लागण्डकी नगरपालिका-२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाममा रहेको शुक्लेश्वर महादेव मन्दिर ।

कैलालीको धनगढी उपमहानगरपालिका–४ स्थित शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाममा महाशिवरात्रिका अवसरमा बुधबार बिहान पूजाअर्चनाका लागि आएका भक्तजन ।

तस्बिरहरू : रासस

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ११ : १९ बजे

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म