फिल्म ‘हर्ष’को शुभमुहूर्त, खगेन्द्र र वर्षा जोडी « Khabarhub

फिल्म ‘हर्ष’को शुभमुहूर्त, खगेन्द्र र वर्षा जोडी


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खगेन्द्र लामिछाने र वर्षा राउत जोडीको भूमिकामा रहने फिल्म ‘हर्ष’को शुभमुहूर्त गरिएको छ । निर्माण पक्षले बुधबार ठमेलस्थित त्रिदेवी मन्दिरमा पूजा गरेको हो ।

शुभ मुहूर्त कार्यक्रममा फिल्म निर्देशक, नायक–नायिकासहित अन्य कलाकार र प्राविधिक टोलीको उपस्थिति थियो ।

मुहूर्त कार्यक्रममा निर्माण पक्षले फागुन १७ गतेदेखि फिल्मको छायाङ्कनमा सुरु हुने जनाएको छ ।

फिल्ममा खगेन्द्र र वर्षासहित सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडीलगायतको अभिनय रहनेछ ।

यही फिल्मबाट एकता पौडेलले निर्देशनमा डेब्यू गर्दैछिन् । उनले अमेरिकामा सिनेमा मेकिङ अध्ययन गरेर नेपाल आएकी हुन् । केही सर्ट फिल्म निर्देशन गरेको अनुभव उनीसँग छ ।

निर्देशक पौडेलका अनुसार यस फिल्मले पारिवारिक सामाजिक कथा उठान गरेको छ । फिल्मका लेखक उनी स्वयम् हुन् ।

ई-प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सन ब्यानरमा बन्ने यस फिल्मका निर्माता प्रशन्न पौडेल र विकास पौडेल हुन् । फिल्म वि.सं. २०८२ सालमा प्रदर्शन हुने बताइएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ४ : २६ बजे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई