फिल्म ‘हर्ष’को शुभमुहूर्त, खगेन्द्र र वर्षा जोडी « Khabarhub

फिल्म ‘हर्ष’को शुभमुहूर्त, खगेन्द्र र वर्षा जोडी


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खगेन्द्र लामिछाने र वर्षा राउत जोडीको भूमिकामा रहने फिल्म ‘हर्ष’को शुभमुहूर्त गरिएको छ । निर्माण पक्षले बुधबार ठमेलस्थित त्रिदेवी मन्दिरमा पूजा गरेको हो ।

शुभ मुहूर्त कार्यक्रममा फिल्म निर्देशक, नायक–नायिकासहित अन्य कलाकार र प्राविधिक टोलीको उपस्थिति थियो ।

मुहूर्त कार्यक्रममा निर्माण पक्षले फागुन १७ गतेदेखि फिल्मको छायाङ्कनमा सुरु हुने जनाएको छ ।

फिल्ममा खगेन्द्र र वर्षासहित सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडीलगायतको अभिनय रहनेछ ।

यही फिल्मबाट एकता पौडेलले निर्देशनमा डेब्यू गर्दैछिन् । उनले अमेरिकामा सिनेमा मेकिङ अध्ययन गरेर नेपाल आएकी हुन् । केही सर्ट फिल्म निर्देशन गरेको अनुभव उनीसँग छ ।

निर्देशक पौडेलका अनुसार यस फिल्मले पारिवारिक सामाजिक कथा उठान गरेको छ । फिल्मका लेखक उनी स्वयम् हुन् ।

ई-प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सन ब्यानरमा बन्ने यस फिल्मका निर्माता प्रशन्न पौडेल र विकास पौडेल हुन् । फिल्म वि.सं. २०८२ सालमा प्रदर्शन हुने बताइएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ४ : २६ बजे

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा २९ डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले