पशुपति क्षेत्रबाट ७५ जना पक्राउ- कोही सिक्री लुट्ने, कोही गाँजा खाएर हल्ला गर्ने « Khabarhub

पशुपति क्षेत्रबाट ७५ जना पक्राउ- कोही सिक्री लुट्ने, कोही गाँजा खाएर हल्ला गर्ने


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले शिवरात्रि मेलाको अवसरमा लागेको भिडमा आपराधिक कार्यमा संलग्न ७५ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ताए एवम् एसपी अपिलराज बोहोराका अनुसार विभिन्न क्षेत्रबाट शंकास्पद गतिविधिमा संलग्न ७५ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरूला महानगरीय प्रहरी बृत्त गौशाला र जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ । बोहोराका अनुसार केही गाँजा खाएर हल्ला गर्ने काममा संलग्न छन् । अन्य केहीले शिवरात्रिमा दर्शनका लागि आएका भक्तजनको सिक्रीसहितका सामान लुटपाट गरेको पाइएको छ ।

प्रहरीले पक्राउ परेकाहरूको विगतको आपराधिक रेकर्ड हेरेर मात्रै छाड्ने या थप कारबाही अघि बढाउने निर्णय लिने भएको छ।

शिवरात्रिमा सुरक्षाका लागि पशुपति क्षेत्र र आसपासका नाकामा करिब ४ हजार जना सशस्त्र र जनपथ प्रहरीको टोली परिचालन गरिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ३ : ४७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको