देशकै बलियो शक्ति भएकाले एमालेमाथि चौतर्फी आक्रमण भयो : नेता भट्ट « Khabarhub

देशकै बलियो शक्ति भएकाले एमालेमाथि चौतर्फी आक्रमण भयो : नेता भट्ट

एमाले बलियो शक्ति भएकै कारण चौतर्फी आक्रमण 


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा (एमाले) मा केन्द्रीय सचिव एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमाले देशको बलियो शक्ति भएकै कारण चौतर्फी आक्रमण भइरहेको बताएका छन् । 

पार्टी सुदूरपश्चिम प्रदेश प्रचार तथा प्रकाशन विभागको आयोजनामा आजबाट धनगढीमा सुरु भएको प्रचारसम्बन्धी दुई दिने कार्यशाला कार्यक्रमको उद्घाटन गर्दै भट्टले एमाले सबैभन्दा बलियो शक्ति भएकै कारण चौतर्फी आक्रमण बढेको बताएका हुन् । उनले सिंगो नेपाली समाज गलत सूचनाको सिकार बनेको बताए । 

सामान्य व्यक्ति वा सगंठन प्रति कसैको चासो हुँदैन । उनले भने, ‘एमाले सबैभन्दा ठुलो सगंठन, व्यवस्थित एवं चलायमान भएकै कारण हाम्रो पार्टीलाई कसरी पछाडि पार्न सकिन्छ भनेर आक्रमण बढेको छ, तथ्यमा टेकेर भन्दा पनि मिथ्या आरोप एमाले नेतृत्वमाथि बढिरहेको छ, यसको प्रतिकार सबै नेता कार्यकर्ताले गर्न जरुरी छ ।’

भट्टले वडा केन्द्रित जरा अभियान प्रभावकारी बनाउन एमाले नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले एमाले नेता, कार्यकर्तालाई घर घर पुग्न आग्रह गर्नुभयो । ‘कहाँ के भइरहेको छ, त्यसको रिपोर्टिङ छैन’, सचिव भट्टले भने, ‘जनताको बिचमा एकाकार हुनुस् अनि मात्र चुनावी परिणाम राम्रो आउँछ ।’

उनले औपचारिकताका लागि मात्रै नभई उपलब्धि आउने गरी कार्यक्रम गर्न आग्रह गरे । 

यस्तै, पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेपाली बजारमा नेकपा (एमाले) र सिंगो नेतृत्वविरुद्ध सोसल मिडियाको प्लेटफर्ममार्फत प्रहार भइरहेको बताए । 

उनले मिथ्या सूचना, गलत सूचना, तथ्यहीन सूचना प्रयोग गरेर एमाले पार्टी र सिंगो नेतृत्वविरुद्ध भइरहेको प्रहारको प्रतिवाद गर्ने सम्बन्धमा कार्यशालामा गहन छलफल हुने बताए ।

उनले भने, ‘काठमाडौंका प्रमुख बालेन एक्लैले फु गरेर सामाजिक सञ्जालमार्फत एमाले र एमालेका नेतृत्वविरुद्ध प्रयोग भएकै छ । रवि लामिछानेका समर्थक र माओवादीबाट पनि त्यस्तै छ ।’

एमाले पार्टी र नेतृत्वविरुद्ध निरन्तर प्रहार भइरहँदा पनि नेतृत्वले यसबारे नबोल्नु आश्चर्यको विषय रहेको गौतमको भनाइ थियो । उनले यस विषयमा पार्टी पंक्ति एकदम मौन रहेको र कहीँ पनि नबोलिरहेको उल्लेख गरे । कार्यशालामा नौ वटै जिल्लाका एमाले नेता, कार्यकर्ता लगायतको प्रदेश प्रचार विभागका सदस्यको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ५ : ४३ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा