भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश « Khabarhub

भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को दोस्रो सेमिफाइनलमा भुटानको डागा युनाइटेड एपसीलाई पराजित गर्दै झापा–११ फाइनलमा प्रवेश गरेको छ । 

मेची रङ्गशालामा आज भएको खेलमा झापा–११ ले डागा युनाइटेडमाथि ३–१ को जित निकालेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको आजको खेलको ५५औँ मिनटमा झापा–११ का एरोन थापाले फ्रि किममार्फत गोल गरे । खेलको ८४औँ मिनटमा डागा युनाइटेडका सुरज रसायलीले बराबरी गोल फर्काए । निर्धारित ९० मिनटको खेल हुँदासम्म दुवै टोली १–१ को स्थितिमा थिए । 

पाँच मिनट थपिएको इञ्जुरी समयमा भुटान समालिन नसक्दा झापा–११ ले दुई गोल थप्यो । झापा–११ का लागि रोहन कार्की र हरिबहादुर आलेमगरले इञ्जुरी समयमा गोल गरे । आजको खेलको प्लेयर अफ द म्याच झापा–११ का एरोन थापा भए । उनले २१ हजार नगद र ट्रफी प्राप्त गरे । 

यही फागुन १६ गते शुक्रबार झापा–११ ले आयोजक भद्रपुर ब्लेजर्ससँग उपाधिका लागि खेल्नेछ । आयोजक ब्लेजर्सले बंगलादेशको काउर्न बाजार प्रगति सङ्घलाई हराउँदै अन्तिम दुईमा स्थान बनाएको हो । प्रतियोगिताको विजेता टोलीले नगद रू १३ लाख तथा उपविजेता टोलीले नगद रू सात लाख प्राप्त गर्नेछन् । 

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ७ : ०३ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले