तेह्रौँ फाइनल भिडन्तमा पनि नेपाली टोली पराजित, म्यान्मारले उचाल्यो उपाधि « Khabarhub

तेह्रौँ फाइनल भिडन्तमा पनि नेपाली टोली पराजित, म्यान्मारले उचाल्यो उपाधि


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


954
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फोर नेशन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि म्यान्मारले जितेको छ ।

बुधबार साँझ दशरथ रंगशालामा भएको उपाधि भिडन्तमा आयोजक नेपाललाई म्यान्मारले २-० गोलले पराजित गरेको छ ।

नेपाली महिला फुटबलले यस पटक पनि उपाधिको खडेरी टार्न सकेन । नेपालको उपाधि खोजी अझै लम्बिएको ।

सन् २०१० देखि ठूला प्रतियोगिताका १३ वटा फाइनल खेलिसकेको नेपाल अझैसम्म उपाधिविहीन छ। अब नेपाल १३ औँ पटक उपविजेतामा सीमित भएको छ । घरेलु मैदानमा भएको १३औँ फाइनलमा पनि उपाधि चुम्ने नेपालको सपना तुहियो ।

म्यान्मारका लागि खेलको ६१ औँ मिनेटमा काउन्टर एट्याकका क्रममा गोल पोस्टको साइडबाट प्रहार गरेको बलले नेपाली किपर एन्जिला तुम्बापोलाई बिट गर्दै जाली चुमेको थियो ।

म्यानमारले खेलको ६१ औँ मिनेटमा पहिलो गोल गरेलगत्तै अर्को गोल थप्यो । उसले खेलको ६३ औँ मिनेटमा अर्को गोल थपेको थियो । त्यसपछि दुवै टोली गोल गर्न चुके । यससँगै दशरथ रंगशालामा जम्मा भएका करिब १५ हजार ५ सय ६८ हजार नेपाली दर्शक फेरि एक पटक स्तब्ध भए ।

यसअघि २०८० फागुनमा साउदी अरेबियामा भएको वाफ महिला च्याम्पियनसिप फाइनल पनि नेपालले हारेको थियो। यस्तै गत कात्तिकमा नेपालमै भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा पनि नेपाल उपविजेतामा सीमित भएको थियो ।

म्यान्मारविरुद्ध पनि हारेपछि नेपालले १३औँ फाइनलमा उपाधि चुम्ने तुहिएको छ ।

चार देशले भाग लिएको च्याम्पियनसिपमा म्यानर र नेपाल पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका थिए । नेपालले यसअघि १२ वटा फाइनल हारिसकेकाले पहिलो उपाधिको खोजीमा थियो ।

यसअघि प्रतियोगितामा म्यान्मारले लिग चरणका तीन खेलमा २ जित र एक बराबरीसहित ७ अंक हासिल गरेर शीर्ष स्थानमा रहेको थियो  ।

म्यानमारले लेबनान र कीर्गिस्तानलाई पराजित गरेको थियो भने नेपालसँग बराबरी खेलेको थियो । त्यस्तै नेपालको पनि तीन खेलमा २ जित र एक बराबरीसहित ७ अंक नै रहेको र गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको थियो।

नेपालले पनि लेबनान र कीर्गिस्तानलाई पराजित गरेको थियो भने म्यान्मारसँग बराबरी खेलेको थियो ।

फिफाको वरियतामा ५५औं स्थानमा रहेको म्यान्मारलाई सयौँ स्थानमा रहेको नेपालले लिग चरणमा बराबरीमा रोकेकाले फाइनल खेलका लागि उत्साहित थियो । त्यहीअनुसार पहिलो हाफमा खेल देखाए पनि दोस्रो हाफमा सम्हालिन नसक्दा पराजित भयो ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ८ : ०२ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा