कटारी गोल्डकप : धरानलाई हराउँदै काठमाडाैं फाइनल प्रवेश « Khabarhub

कटारी गोल्डकप : धरानलाई हराउँदै काठमाडाैं फाइनल प्रवेश


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

कटारी – ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’मा च्याम्पियन व्बाइज क्लब काठमाडाैं फाइनल प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा एनएस फुटबल क्लब धरानलाई ४–२ गोल अन्तरले पराजित गर्दै काठमाडौँ फाइनलमा प्रवेश गरेको हो ।

काठमाडौंलाई फाइनलमा पु¥याउन जर्सी नम्बर ३ का सौराज राउतले ह्याट्रिक गरे । त्यसैगरी जर्सी नम्बर २ का सन्तोष न्योपानेले काठमाडौँका लागि एक गोल गरेपछि काठमाडौँको गोल सङ्ख्या ४ पुगेको हो । पहिलो हाफ बराबरी खेलेको धरानले दोस्रो हाफको १३औँ मिनेटमा तप्पन कार्कीको गोलबाट अग्रता लिएको थियो । लगत्तै काठमाडौँका लागि सौराजले गोल गरेर खेल बराबरीमा ल्याए ।

त्यसपछि सौराजले पुनःगोल गर्दै २–१ अन्तरमा ल्याए । लगत्तै धरानका लागि तप्पनले नै गोल गरेर बराबरी बनाए पनि खेलको अतिरिक्त समयमा सौराज र सन्तोषले १–१ गोल गरेपछि धरानलाई काठमाडौँले ४–२ को अन्तरमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

खेलको ‘म्यान अफ दी म्याच’ह्याट्रिक पूरा गर्नुभएका सौराज राउत घोषित भए । उनले नगद रु तीन हजारका साथमा मेडल प्राप्त गरे । बिहीबार दोस्रो सेमिफाइनलमा वीरगञ्ज युनाइटेड र सलहेस युथ क्लब सिरहाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु तीन लाख हात पार्नेछ, भने उपविजेताले रु एक लाख ५० हजार प्राप्त गर्नेछ ।

आठ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिताको फाइनल खेल यही फागुन १७ गते हुनेछ । कटारी नगरपालिकाको सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ८ : ४८ बजे

रवि-बालेनबिना नै सुरु भयो रास्वपा सांसदको अभिमुखीकरण (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम

यौनकर्मी महिलाको मुद्दामा भावी प्रधानमन्त्री बालेन्द्रलाई खुला पत्र : ‘लालिमा’ मार्फत न्यायको माग

काठमाडौं – यौनकर्मका लागेका लाखौं नेपाली महिलाहरूको मानवधिकार र न्यायबारे

इरान–इजरायल द्वन्द्व : दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित

दुबई– मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी

आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागको अनुरोध

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अन्तर्राष्ट्रिय बजारमा देखिएको