बाटो खन्नेक्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु « Khabarhub

बाटो खन्नेक्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

गोरखा – बाटो खन्ने क्रममा ढुङ्गा खसेर यहाँको अजिरकोट गाउँपालिका–१, स्थित चिस्याङमा स्काभेटर चालकको मृत्यु भएको छ ।

आज दिउँसो बा प्र ०६–००१ क ०१३१ नम्बरको स्काभेटरले बाटो खन्दै गर्दा ढुङगा खसेर लाग्दा चालकको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

स्काभेटर चालक तनुहँको आँबुखैरेनी गाउँपालिका–६, घुमाउने घर भएका ४५ वर्षीय रामबहादुर आलेमगरको मृत्यु भएको हो ।

कालिका हाइड्रोपावरको ड्याम जानका लागि नयाँ ट्र्याक खोल्ने क्रममा अचानक माथिबाट ठूलो ढुङ्गा खसेर स्काभेटर र चालकलाई लागेको थियो । चालक आलेमगरको घटनास्थलमै मृत्यु भएको हो ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ९ : ५१ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा