इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि पठाइयो सेनाको हेलिकोप्टर « Khabarhub

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि पठाइयो सेनाको हेलिकोप्टर


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

इटहरी– इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक भवनमा बुधबार बिहानदेखि आगो लागेको छ । सेन्टर प्लाजा नामले परिचित उक्त भवनमा एक्कासि आगो लागेपछि भवनभित्र रहेका मानिसलाई बाहिर निकाल्दै आगो निभाउने काम भइरहेको छ । 

भवनको बीच भागमा आगो लागेकाले माथिल्लो तलाबाट उद्धार कार्य भइरहेको छ । भवनभित्र फसेका मानिसहरू उद्धारको पर्खाइमा रहेको प्रहरीले जनाएको छ ।  

आगो लागेको सूचना पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय बासिन्दा उद्धार कार्यमा जुटिरहेका छन् ।

 बिहान करिब ९ः३० बजे भवनको पाँचौँ तलामा आगो लागेपछि ग्यासका सिलिण्डर पड्केको थियो। फसेका मानिसलाई डोरीको सहायताबाट बाहिर ल्याउने काम भइरहेको अवस्था छ ।  

आगलागीपछि उद्धारमा समस्या भएपछि नेपाली सेनाको हेलिकोप्टर काठमाडौंबाट त्यसतर्फ पठाइएको गृहमन्त्रालयले जनाएको छ ।

उक्त आगो निभाउन इटहरी, धरान र आसपासका नगरका वारुण यन्त्र प्रयोग भए पनि बढी उचाइका कारण नियन्त्रणमा लिन मुस्किल भएको छ। यो भवनमा क्युएफएक्स सिनेमाहल, बरण्डा होटल लगायत सुविधायुक्त पसल सञ्चालनमा थिए ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १२ : १६ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको