इटहरीको सेन्ट्रल प्लाजामा आगलागी, उद्धारमा खटियो सेनाको हेलिकप्टर « Khabarhub

इटहरीको सेन्ट्रल प्लाजामा आगलागी, उद्धारमा खटियो सेनाको हेलिकप्टर


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

सुनसरी– इटहरी बजारको मुख्य चोकस्थित सेन्ट्रल प्लाजामा बुधरबार बिहान भएको आगलागीपछि अहिले उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पुगेको छ।

भवनमा लागेको आगो बाहिरैसम्म फैलिएर ठूलो रुप लिएर नियन्त्रणमा मुस्किल भएपछि उद्धारमा काठमाडौंबाट सेनाको हेलिकप्टर गएको हो ।

उक्त आगो निभाउन इटहरी, धरान र आसपासका नगरका वारुण यन्त्र प्रयोग भए पनि बढी उचाइका कारण नियन्त्रणमा लिन मुस्किल भएको थियो ।

इटहरीमा नयाँ भवनमध्ये एक सेन्ट्रल प्लाजा १० तलाको छ । यो भवनमा क्युएफएक्स सिनेमाहल, बरण्डा होटल लगायत सुविधायुक्त पसल सञ्चालनमा थिए ।

हालसम्म आगलागीको कारण खुल्न सकेको छैन। कुनै पनि मानवीय क्षति भएको खबर पनि आएको छैन । वरपरका व्यवसायी र स्थानीयहरूलाई सतर्क रहन आग्रह गरिएको छ ।

सरकारले काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर पठाएर उक्त भवनमा फसेकाहरूको उद्धार गरिरहेको छ । उचाइको भवनमा आगो लागेकाले वारुण यन्त्रले निभाउन पनि कठिन भएको हो ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १२ : २८ बजे

विवेक मण्डलको उपचारका क्रममा निधन : एक सातामा आत्मदाहबाट तीन जनाको मृत्यु

काठमाडौँ – शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका सर्लाहीका ३५

हर्क राई नेतृत्वको दार्चुला पुल निर्माणमा सामग्रीभन्दा प्रशासनिक खर्च बढी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी, मन्त्री यादवलाई प्रतिवेदन हस्तान्तरण

काठमाडौँ– लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन

फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

काठमाडौं – फिफा विश्वकप फुटबल २०२६ काे मैदानबाट ४४ वटा

सार्वजनिक लेखासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक