सडकपछि सदनमा पनि विपक्षीले घेरे सरकारलाई (तस्बिरहरू) « Khabarhub

कुलमान बर्खास्ती प्रकरण

सडकपछि सदनमा पनि विपक्षीले घेरे सरकारलाई (तस्बिरहरू)


१२ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको प्रकरणमा सडकबाट तातेको माहोल सदनसम्मै पुगेको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकले कुलमानलाई बिदा गरेर हितेन्द्रदेव शाक्यलाई प्रबन्ध निर्देशक बनाएसँगै सडकदेखि सदनसम्म तातेको हो ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठक नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका विपक्षीले सरकारको उक्त कदमको विरोध गर्दै सदन अवरुद्ध पारेका छन् ।

उनीहरूले कुलमानलाई बर्खास्ती प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने माग गरेका छन् । तर विपक्षीले सदनमा अवरोध गरिरहँदा प्रधानमन्त्री ओली भने बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठकमा व्यस्त थिए ।

गठबन्धनको बैठकले गत माघ २ गते जारी भएको भूमिसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । उता कुलमानलाई कांग्रेस र एमाले दुवै मिलेर हटाएकाले अब त्यसमा पुनर्विचार नगर्ने पक्षमा सत्ता गठबन्धन अडीग देखिएको छ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  १ : ५४ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन