एसईई दिएर फर्किएकी किशोरी घरमा झुन्डिएको अवस्थामा भेटिइन् « Khabarhub

एसईई दिएर फर्किएकी किशोरी घरमा झुन्डिएको अवस्थामा भेटिइन्


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर घर फर्केकी एक किशोरी मृत भेटिएकी छन् ।

केदारस्यूँ गाउँपालिका–१ रायलका शिक्षक तथा साहित्यकार पूर्ण मल्लकी १७ वर्षीया छोरी आकांक्षाले मंगलबार साँझ घरकै कोठामा मृत भेटिएकी हुन् । उनले आत्महत्या गरेको बताइएको छ ।

बझाङका प्रहरी नायव उपरीक्षक युवराज भण्डारीका अनुसार मल्ल मंगलबार अनिर्वाय विज्ञानको परीक्षा दिएर घर आएकी थिइन् ।

‘मंगलबार बिहान परीक्षा दिएर फर्किएकी उनी साँझ घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्,’ भण्डारीले भने, ‘साथमा ‘सुसाइड नोट’ पनि भेटिएको छ । अरु कसैले नभई आफ्नै कारणले आत्महत्या रोजेको लेखिएको छ । तर कारण उल्लेख गरिएको छैन ।’

भण्डारीका अनुसार परीक्षा बिग्रिएका कारण मल्लले आत्महत्याको बाटो रोजेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । उनी केदारस्यूँ गाउँपालिका–१ स्थित गर्जेपानी माध्यमिक विद्यालयमा अध्यनरत थिइन् । उनका बुवा पनि उक्त विद्यालयका शिक्षकका रुपमा कार्यरत छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  २ : ४३ बजे

जनकपुरमा भएको आगलागीमा एक जनाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा

भारतलाई पछि पार्दै इङ्गल्यान्ड बन्यो क्रिकेट विश्व वरीयताको नम्बर वान

लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित