काभ्रे जिसस प्रमुख दीपक गौतम पक्राउ परे « Khabarhub

काभ्रे जिसस प्रमुख दीपक गौतम पक्राउ परे


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला समान्वय समिति (जिसस) काभ्रेपलान्चोकका प्रमुख दीपककुमार गौतम काठमाडौंबाट पक्राउ परेका छन् ।

गौतमलाई बैंकिङ कसुरको जाहेरी परेपछि बुधबार बिहान प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले नयाँ बानेश्वरबाटै पक्राउ गरेको हो ।

गौतम माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बाट जिसस प्रमुखमा निर्वाचित भएका थिए ।

गौतमलाई बुधबार नै जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ। उनलाई प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखिएको छ ।

विभिन्न व्यक्तिसँग रकम लेनदेनका क्रममा दिएका चेक नसाटिएपछि उनीविरुद्ध जाहेरी परेको थियो। अहिले उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहोराले बताए ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ३ : ०० बजे

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई जना घाइते

मकवानपुर – बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–२

आजका समाचार : संसद्‍मा शीर्ष नेताहरूको सम्बोधन, ओली-लेखक थप दुई दिन हिरासतमै रहने, एसईई सुरु र पश्चिम एशियामा युद्ध जारी

एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरमप्रतिनिधिसभाको

सरकारले ७८ गाउँपालिकामा खटायो प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं- सरकारले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।