नेप्सेमा उत्साह देखिँदा ४० अंकको वृद्धि, कारोबारमा भने गिरावट « Khabarhub

नेप्सेमा उत्साह देखिँदा ४० अंकको वृद्धि, कारोबारमा भने गिरावट


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उत्साह देखिएको छ । नेप्सेमा उत्साह देखिए पनि कारोबार रकम भने मंगलबारको तुलनामा घटेको छ ।

आज नेप्से ४०.४७ अंकले अर्थात् १.५६ प्रतिशतले बढेर २६२३.२१ विन्दुमा पुगेको छ । मंगलबार ५ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज नेप्से बढ्दा कारोबार भने ४ अर्ब २० करोड ४४ लाख रुपैयाँ बराबरको मात्र भएको छ ।

आज दिनभरमा ९१ लाख ४२ हजार ९४१ कित्ता शेयर कारोबार हुँदा २३१ वटा कमपनीको शेयर मूल्य बढेको छ ।

१२ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।

आज दिनभरमा ३१७ वटा कम्पनी कारोबारमा आउँदा ४८ हजार ७८५ पटक शेयर किनबेच भएको छ ।

आज १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । आज सबैभन्दा बढी अन्य समूह २.२८ प्रतिशतले बढेको छ भने सबैभन्दा कम ट्रेडिङ समूह ०.४९ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ३ : १७ बजे

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन