नेप्सेको सीईओ नियुक्ति हुनै बाँकी « Khabarhub

नेप्सेको सीईओ नियुक्ति हुनै बाँकी


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त हुन बाँकी रहेको छ ।

चैत ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेप्सेको सिईओ नियुक्ति गरेको समाचार विभिन्न सञ्चारमाध्यमहरूमा आएका थिए ।

तर, सोमबारको मन्त्रिपरिषद्ले गरेको १९ वटा निर्णयहरूमा नेप्सेको सीईओ नियुक्त भएको विवरण छैन ।

मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयसँग सम्बन्धित २ वटा निर्णय गरेको छ । जसमा नेपाल राष्ट्र बैंकका गभर्नर सिफारिस समिति गठन गर्ने र विश्व बैंक ऋण स्वीकार्ने जिम्मा अर्थ मन्त्रालयलाई दिइएको छ।

नेप्सेको सीईओका लागि १० जनाको आवेदन परेकोमा पाँचजनालाई व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि छनौट गरिएको थियो ।

जसमा चूडामणि चापागाईं, नारद कुमार लुइँटेल, पूर्ण प्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल छन् ।

लुइँटेल सीईओमा नियुक्त भएको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएको अवस्थामा सरकारले निर्णय नै नगरेको खुलेको हो ।

यता सीईओमा नियुक्त भएको भन्दै बधाई आइरहेको छ । तर, सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेको निर्णयको सूचीमा नेप्सेको सीईओबारे कुनै कुरा उल्लेख छैन ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ३ : २५ बजे

धावन मार्गमा विमान र एम्बुलेन्स ठोक्किँदा दुईजना पाइलटको मृत्यु

क्यानाडा– एयर क्यानाडाको जहाज विमानस्थलको रनवेमा दमकल र गाडीसँग ठोक्किँदा

निर्वाचन परिणामबारे आत्मसमीक्षा गर्न योगेश भट्टराईको आह्वान

काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले हालै सम्पन्न प्रतिनिधिसभा

५ अंकले बढ्यो नेप्से, १५ अर्ब ७८ करोडको कारोबार

काठमाडौं– यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल

होर्मुज जलक्षेत्रमा जारी अवरोध अस्वीकार्य : प्रधानमन्त्री मोदी

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम एसियाको युद्धका कारण होर्मुजको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंगलबार दिउँसो बस्दै

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्ने भएको छ।