नेप्सेको सीईओ नियुक्ति हुनै बाँकी « Khabarhub

नेप्सेको सीईओ नियुक्ति हुनै बाँकी


१२ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त हुन बाँकी रहेको छ ।

चैत ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेप्सेको सिईओ नियुक्ति गरेको समाचार विभिन्न सञ्चारमाध्यमहरूमा आएका थिए ।

तर, सोमबारको मन्त्रिपरिषद्ले गरेको १९ वटा निर्णयहरूमा नेप्सेको सीईओ नियुक्त भएको विवरण छैन ।

मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयसँग सम्बन्धित २ वटा निर्णय गरेको छ । जसमा नेपाल राष्ट्र बैंकका गभर्नर सिफारिस समिति गठन गर्ने र विश्व बैंक ऋण स्वीकार्ने जिम्मा अर्थ मन्त्रालयलाई दिइएको छ।

नेप्सेको सीईओका लागि १० जनाको आवेदन परेकोमा पाँचजनालाई व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि छनौट गरिएको थियो ।

जसमा चूडामणि चापागाईं, नारद कुमार लुइँटेल, पूर्ण प्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल छन् ।

लुइँटेल सीईओमा नियुक्त भएको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएको अवस्थामा सरकारले निर्णय नै नगरेको खुलेको हो ।

यता सीईओमा नियुक्त भएको भन्दै बधाई आइरहेको छ । तर, सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेको निर्णयको सूचीमा नेप्सेको सीईओबारे कुनै कुरा उल्लेख छैन ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ३ : २५ बजे

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौँ– जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या