प्रचण्डले भने- कुलमानबारे प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म संसद् चल्दैन « Khabarhub

प्रचण्डले भने- कुलमानबारे प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म संसद् चल्दैन


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमानका विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् चल्न नसक्ने स्पष्ट पारेका छन् । 

बुधबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री केपी ओलीले सदनलाई चित्तबुझ्दो जवाफ नदिएसम्म संसद् चल्न नसक्ने स्पष्ट पारेका छन् । विपक्षीले राखेको मागलाई प्रधानमन्त्रीले सहज रूपमा लिनुपर्ने उनको भनाइ छ ।

उनले प्रधानमन्त्रीको स्पष्टीकरण चित्तबुझ्दो नभए आन्दोलन अघि बढ्ने जिकिर गरे । प्रचण्डले संक्रमणकालीन न्यायसंगसम्बन्धी विषयमा प्रधानमन्त्रीसँग सहमति भएपछि आफू हिँडेको र त्यस दिन कुलमानबारे कुनै चर्चा नभएको जिकिर गरे ।

तर संक्रमणकालीन न्यायसंगसम्बन्धी छलफलपछि कुलमानका विषयमा निर्णय गरेर प्रधानमन्त्रीले जालझेल गरेको आफूलाई महसुस भएको उनले गुनासो गरे ।  

उनले संक्रमणकालीन न्यायसँग कुलमान साट्यो भनेर भ्रम फैलाइएको प्रति आफू दुखित भएको भन्दै सत्य तथ्य राखिदिन सञ्चारकर्मीसँग आग्रह गरे  । 

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ४ : ५० बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि