सडक प्रदर्शनको तयारी गर्न समाजवादी मोर्चाको बैठक जारी   « Khabarhub

सडक प्रदर्शनको तयारी गर्न समाजवादी मोर्चाको बैठक जारी  


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी मोर्चाको बैठक जारी छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आलोकनगरमा बैठक बसिरहेको हो । बैठकमा समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टी, नेकपा सहभागी छन् । 

मोर्चाले राजावादी शक्तिहरूले सक्रियता बढाएपछि यही १५ गते भृकुटिमण्डपमा वृहत् प्रदर्शन गर्ने भएको छ । त्यसैको तयारीका लागि एजेन्डा तयार गर्न बैठक बसेको माओवादी महासचिव देव गुरुङको भनाइ छ । 

यता राजावादीहरूले पनि १५ गते नै आन्दोलन गर्ने तयारी गरेका छन् । आजको बैठकमा सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा पनि छलफल हुने बताइएको छ । 

सरकारले जनअपेक्षा अनुसार काम नगर्दा राजावादीले गतिविधि बढाएको मोर्चाका नेताहरूले पटक-पटक भन्दै आएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ४ : ५३ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि