कुलमानबारे ऊर्जामन्त्री खड्काले संसद्लाई जवाफ दिने   « Khabarhub

कुलमानबारे ऊर्जामन्त्री खड्काले संसद्लाई जवाफ दिने  


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुलमान घिसिङको बर्खास्तीबारे ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभामा बिहीबार जवाफ दिने भएका छन् ।  

बुधबार प्रतिनिधिसभामा विपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङ हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गरेका थिए । 

विपक्षीले सदनमा जवाफ माग गरेर सदन अवरोध गरेपछि बुधबारको बैठक बिहीबारका लागि सभामुख देवराज घिमिरेले सारेका छन् ।

बिहान ११ बजे सुरु भएको बैठक आधा घण्टा अवरोध भएपछि ३ बजे पुनः बसेको थियो । तर विपक्षीले प्रधानमन्त्री को जवाफबारे अडान नछोडेपछि बैठक सारिएको थियो । 

भोलिको बैठक ११ बजे बस्ने छ । जहाँ विभागीय मन्त्री खड्काले कुलमानलाई बर्खास्त गरेको विषयमा सदनमा जवाफ दिने सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले खबरहबलाई बताए । 

‘यो प्रधानमन्त्रीले जवाफ दिने कुरा नै होइन । यस्ता साना कुरामा प्रधानमन्त्रीले जवाफ दिन थालेपछि समस्या हुन्छ ।’ बर्तौलाले खबरहबलाई भने, ‘सरकारका तर्फबाट मन्त्रीले जवाफ दिनुहुन्छ । यसका विभागीय मन्त्रीले नै दिने छलफल भएको छ ।’ 

उनले सरकारले नियुक्ति गरेको कर्मचारी हटाउँदा सडक र सरकारमा रोइलो गर्नु उचित नभएको तर्क गर्छन्  । 

तर विपक्षीले भने प्रधानमन्त्री ओलीकै जवाफ माग गरेका छन् । उनीहरूले ओलीले जवाफ नदिए सदन नचल्ने अडान कायम राखेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ५ : ४५ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री